काठमाडौं सर्ट फिल्म फेस्टाको  छैठौं संस्करणका लागी आवेदन खुल्ला  « Khabarhub

काठमाडौं सर्ट फिल्म फेस्टाको  छैठौं संस्करणका लागी आवेदन खुल्ला 


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छायाँछवि क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरूको महोत्सव  ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं  संस्करणका लागि आवेदन खुल्ला गरिएको छ।  यो फेस्टाका लागी २०७९ असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने आयोजक संस्थाले जनाएको छ ।  ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ मा छोटा चलचित्र एवं छोटा वृत्तचित्रमा भाग लिन पाउने छन् । छोटा चलचित्र एवं छोटा बृत्तचित्रको अवधि २ मिनटदेखी ५९ मिनट भित्रको हुनुपर्नेछ ।

नेपालमा पछिल्लो समय छोटा चलचित्र एवं  वृत्तचित्रको निर्माण बढेको छ । छोटा चलचित्र एवं वृत्तचित्र उत्कृष्ट ,गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता चलचित्र एवं  वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पुर्‍याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुराउन फेस्टा आयोजना गिररहेको फेस्टा एवं छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले बताए । नेपाली छोटा वृत्तचित्र एवं चलचित्रले अन्तराष्ट्रिय महोत्सवमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिनुपर्छ भन्ने पनि फेस्टाको उद्देश्य रहेको बताइएको छ । 

फेस्टामा सहभागी चलचित्रलाई बेष्ट सर्ट फिल्म (फिक्सन), वेस्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, वेस्ट सर्ट फिल्म (डकुमेन्ट्री), वेस्ट सर्ट फिल्म डकुमेन्ट्री निर्देशक, वेस्ट कन्सेटरस्कृप्ट, बेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाइस अवार्ड, वेस्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड लगायतका विधामा अवार्ड प्रदान गर्न लगिएको हो । वेस्ट सर्ट फिल्म (फिक्सन)वेस्ट सर्ट फिल्म (डक्युमेन्ट्री) लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । अन्य विधामा भने  ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।अवार्ड

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १२ : ३२ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी