सम्पत्ति शुद्धीकरणका विषयमा राहुल गान्धीसँग सोधपुछ | Khabarhub Khabarhub

सम्पत्ति शुद्धीकरणका विषयमा राहुल गान्धीसँग सोधपुछ


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको प्रमुख विपक्षी काङ्ग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीलाई सोमबार सम्पत्ति शुद्धीकरणको आरोपमा कार्यान्वयन विभाग (इन्फोर्समेन्ट डिपार्टमेन्ट, ईडी) को कार्यालयमा सोधपुछको लागि बोलाइएको छ ।

गान्धी ईडीको कार्यालयमा पुग्नु अघि विपक्षी नेताहरू पार्टी मुख्यालयमा भेला भए र उनको समर्थनमा विरोध शुरु गरेका थिए । गान्धीसँगै उनकी बहिनी प्रियङ्का गान्धी वाड्रा, काङ्ग्रेस पार्टीका अन्य वरिष्ठ नेताहरू र दर्जनौं कार्यकर्ताले सरकारविरुद्ध नारा लगाएका थिए। सडकमा अराजक दृश्य देखिएको थियो ।

प्रदर्शनकारीहरूलाई पार्टी मुख्यालयको ब्यारिकेडहरूमा रोकिएको थियो र थुप्रैलाई हिरासतमा राखिएको थियो । दिल्ली ट्राफिक प्रहरीले सोमबार राष्ट्रिय राजधानीका बासिन्दाहरूलाई प्रदर्शनको क्रममा केही सडकहरूबाट जोगिन आग्रह गर्दै सूचना जारी गरेको थियो ।

यस मामिलामा काङ्ग्रेस पार्टी प्रमुख सोनिया गान्धीलाई पनि विभागले बोलाएको छ। कोभिड १९ सङ्क्रमण देखिएपछि उनले थप समय मागेकी थिइन् । त्यसपछि उनलाई जुन २३ का लागि बोलाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ४ : ५८ बजे

युरोकपको खेल तालिका सार्वजनिक, इटली र स्पेन एकै समूहमा

काठमाडौं – जर्मनीमा हुने युरोकप २०२४ को समूह विभाजनसहित खेल

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली

काठमाडौं- मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली गरिएको

टिकटकको भिड अब ‘रिल’ तिर !

काठमाडौं- केही समयअघि सरकारले टिकटक बन्द गर्यो । त्यसको विकल्पमा

अपाङ्गमैत्री कानुन र नीति बनाउने काम अघि बढिरहेको छ : मन्त्री ज्वाला

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गमैत्री कानुन र

कोशीमा तीन मन्त्रीको जिम्मेवारी तोकियो

विराटनगर- कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री