सम्पत्ति शुद्धीकरणका विषयमा राहुल गान्धीसँग सोधपुछ « Khabarhub

सम्पत्ति शुद्धीकरणका विषयमा राहुल गान्धीसँग सोधपुछ


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको प्रमुख विपक्षी काङ्ग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीलाई सोमबार सम्पत्ति शुद्धीकरणको आरोपमा कार्यान्वयन विभाग (इन्फोर्समेन्ट डिपार्टमेन्ट, ईडी) को कार्यालयमा सोधपुछको लागि बोलाइएको छ ।

गान्धी ईडीको कार्यालयमा पुग्नु अघि विपक्षी नेताहरू पार्टी मुख्यालयमा भेला भए र उनको समर्थनमा विरोध शुरु गरेका थिए । गान्धीसँगै उनकी बहिनी प्रियङ्का गान्धी वाड्रा, काङ्ग्रेस पार्टीका अन्य वरिष्ठ नेताहरू र दर्जनौं कार्यकर्ताले सरकारविरुद्ध नारा लगाएका थिए। सडकमा अराजक दृश्य देखिएको थियो ।

प्रदर्शनकारीहरूलाई पार्टी मुख्यालयको ब्यारिकेडहरूमा रोकिएको थियो र थुप्रैलाई हिरासतमा राखिएको थियो । दिल्ली ट्राफिक प्रहरीले सोमबार राष्ट्रिय राजधानीका बासिन्दाहरूलाई प्रदर्शनको क्रममा केही सडकहरूबाट जोगिन आग्रह गर्दै सूचना जारी गरेको थियो ।

यस मामिलामा काङ्ग्रेस पार्टी प्रमुख सोनिया गान्धीलाई पनि विभागले बोलाएको छ। कोभिड १९ सङ्क्रमण देखिएपछि उनले थप समय मागेकी थिइन् । त्यसपछि उनलाई जुन २३ का लागि बोलाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ४ : ५८ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई