नेप्सेको ओरालो यात्रा कायमै, आज १५ अङ्कको गिरावट « Khabarhub

नेप्सेको ओरालो यात्रा कायमै, आज १५ अङ्कको गिरावट


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८२ अङ्कले नेप्से परिसूचक ओरालो लागेर २०३२.३४ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२७ अङ्कले कमी आई ३८९.९८ मा झरेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम अर्ब पनि पुग्न सकेन । कूल २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । त्यसमा बैंकिङ ११.०७, व्यापार १५.७८, होटल तथा पर्यटन ३६.०१, विकास बैंक १६.७३, जलविद्युत् ५.२२, वित्त १७.२८, निर्जीवन बीमा १०२.१९ अङ्कले ओरालो लागेका छन् ।

त्यस्तै, उत्पादन ५१.५, अन्य १.५५, लघुवित्त २८.०२, जीवन बीमा १३८.१२, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९२ अङ्कले ओरालो लागेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ५ : १८ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार