निर्वाचन जितेर देखाउन शहबाज शरिफलाई इमरान खानको चुनौती « Khabarhub

निर्वाचन जितेर देखाउन शहबाज शरिफलाई इमरान खानको चुनौती


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् ।

अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेवनरी सम्हाल्न नपाई प्रधानमन्त्री पद गुमाएका खानले वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती दिएका हुन् ।

पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) पार्टीका का अध्यक्ष समेत रहेका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गरे । अहिले कायम सत्तारुढ गठबन्धनमा सहभागी दलहरुले आगामी निर्वाचन जित्नु असम्भव रहेको उनको भनाइ छ ।

आगामी निर्वाचनपछिको नतिजामा गठवन्धनका दलहरु र आफ्नो पार्टीका बीचमा ठूलो अन्तर हुने पनि पूर्व प्रधानमन्त्री खानले दाबी गरे ।

उनले वर्तमान सरकारको समेत चर्को आलोचना गर्दै आगामी निर्वाचनमा सरकारमा सहभागी सबै दललाई हराउन आम नागरिकलाई अनुरोध पनि गरे ।

सरकारका गलत क्रियाकलापबारे आफ्नो पार्टीले सर्वोच्च अदालतबाट कानुनी उपचार खोज्ने पनि उनले जानकारी दिए । आफूले कोरोना भाइरसको महामारी फैलिएको बेलामा पनि धेरै काम गरेको दाबी गर्दै उनले अहिलेको सरकारले भने जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाए ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ६ : ०६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका