अन्तर्घात भएको विषयमा एमालेले वडादेखि देशभरका कमिटीमा समीक्षा गर्ने « Khabarhub

अन्तर्घात भएको विषयमा एमालेले वडादेखि देशभरका कमिटीमा समीक्षा गर्ने


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा जनमत तलमाथि नभए पनि सिट घटेको भन्दै त्यसको समीक्षा हुने जनाएको छ । पार्टीको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मतमा एमाले ठूलो भएको भए पनि नेतृत्वमा भने विगतको भन्दा कमजोर नतिजा आएको बताए ।

त्यस विषयमा समीक्षा हुने उनको भनाइ थियो । उनले पार्टीमा अन्तर्घात भएका विषयमा वडादेखि देशभरका सम्बन्धित कमिटीमा समीक्षा हुने बताए । केही स्थानमा भने उम्मेदवारी चयन लगायका विषय मिलाउन नसक्दा समस्या देखिएको उनले बताए ।

‘समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीहरुको व्यवस्थापन गर्न नसक्दा,निर्वाचन परिचालनमा आवश्यक पर्ने कुशलता देखाउन नसक्दा केही ठाउँमा पराजय भएको छ । प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्नेछन् । तर पार्टीले कुन चाहिँ घात अन्तर्घात,कुन चाहिँ असमझदारी हो भनेर छुट्याउँछ र सही घारमा पार्टी पङ्क्तिलाई राख्न पहल हुनेछ’ उनले भने ।

बैठकले पार्टीको प्रतिष्ठालाई कमजोर गर्ने,पार्टीको विजयमाथि शंका हुने, मूल नेतृत्वमाथि अनास्था फैलाउने अभिव्यक्ति दिन नहुने निष्कर्ष निकालेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ७ : ५३ बजे

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण

भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता

वेलिङ्गटन- प्यासिफिक टापु राष्ट्र भानुआटुको समुद्री क्षेत्रमा यात्रु डुङ्गा डुब्दा