मिटरब्याजी रामदेव साहविरूद्ध सप्तरीमा प्रदर्शन | Khabarhub Khabarhub

मिटरब्याजी रामदेव साहविरूद्ध सप्तरीमा प्रदर्शन


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मिटरब्याजी रामदेव साहसहित परिवारलाई कारवाहीको माग गर्दै मिटरब्याजी पीडितहरूले सप्तरी सदरमुकाम राजविराजमा सोमबार विरोध प्रदर्शन गरेका छन् ।

जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले बिभिन्न नारा लगाउँदै र्‍याली निकालेका थिए । र्‍यालीले सहरको मुख्य सडकको परिक्रमा गरेको थियो । मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेका थिए ।

जुलुसमा सहभागी पीडितहरूले गैर कानुनी कार्यमा संगलन मिटरब्याजी साह परिवार माथि कारवाही गर, विपन्नलाई विस्थापित गराउने मिटरब्याजी साह परिवारमाथि कारबाही गर, बलात्कारी रामदेव साह मुर्दावाद , मिटरब्याजी रामदेव साहलाई पक्राउ गरजस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर घर भएका मिटर व्याजी साह ठगीधन्दा गरी गाउँबाट भागेर धरानमा बस्दै आएका छन् ।

पीडितहरूलाई दुःख दिएको विषयमा विभिन्न संचार माध्यममा समाचार आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पक्राउ गरि कारवाही अघि बढाउन निर्देश दिएका थिए ।

प्रहरीले उनका छोरा नन्दकिशोर साह र छोरी अनुराधाकुमारी साहलाई पक्राउ गरेपनि मुख्य आरोपित रामदेव साह तथा अन्य आरोपित अझै फरार रहेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ८ : १५ बजे

झापामा एक सय ५२ भौतिक संरचनामा क्षति

सुरुङ्गा– जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति

जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी