२४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, बौद्धबाट ४ जना पक्राउ « Khabarhub

२४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, बौद्धबाट ४ जना पक्राउ


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : काठमाडौँको बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बस्ने २४ वर्षका रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई हाल काठमाडौं बस्ने रिन्जेन शेर्पा, सर्लाहीको बागमती घर भएका बौद्ध बस्ने ३४ वर्षका उत्तम लामा र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भई बौद्ध बस्ने आङ्निमा भन्ने झ्यापा ढिल्ले शेर्पा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं बौद्धस्थित एक गेष्ट हाउसमा आइतवार दिउँसो २ बजेतिर ३ जनाले २४ वर्षीय एक युवतीलाई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा होटल मालिक आङनिमा समेत रहेका छन् उनलाई मतियारका रुपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि फरार रहेका उनीहरुलाई प्रहरीले १६ घण्टाभित्र पक्राउ गरेको हो । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौं बाट ५ दिनको म्याद लिई प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १० : ५८ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई