२४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, बौद्धबाट ४ जना पक्राउ « Khabarhub

२४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, बौद्धबाट ४ जना पक्राउ


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : काठमाडौँको बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बस्ने २४ वर्षका रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई हाल काठमाडौं बस्ने रिन्जेन शेर्पा, सर्लाहीको बागमती घर भएका बौद्ध बस्ने ३४ वर्षका उत्तम लामा र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भई बौद्ध बस्ने आङ्निमा भन्ने झ्यापा ढिल्ले शेर्पा रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं बौद्धस्थित एक गेष्ट हाउसमा आइतवार दिउँसो २ बजेतिर ३ जनाले २४ वर्षीय एक युवतीलाई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा होटल मालिक आङनिमा समेत रहेका छन् उनलाई मतियारका रुपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि फरार रहेका उनीहरुलाई प्रहरीले १६ घण्टाभित्र पक्राउ गरेको हो । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौं बाट ५ दिनको म्याद लिई प्रहरी वृत्त बौद्धबाट अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : ५८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र