गठबन्धन जोगाउन देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता « Khabarhub

गठबन्धन जोगाउन देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

ओलीविरुद्ध बाबुराम भट्टराईसँगै महन्थ ठाकुर र राजेन्द्र महतो पनि !


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा तीन शीर्ष नेताबीच आज साँझ भेटवार्ता भएको हो ।

उनीहरुबीच झण्डै २ घण्टा भेटवार्ता भएको बताइएको छ । यसअघि पनि नेता नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । भेटवार्तामा निजगढ विमानस्थल निर्माण, मन्त्रि हेरफेर, सत्तारुढ गठबन्धनलाई बलियो बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

आजै प्रधानमन्त्री देउवासँग लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग पनि भेटवार्ता गरेका थिए । त्यस्तै सोमबार नै डा. बाबुराम भट्टराईले पनि देउवासँग भेटवार्ता गरेका थिए ।

पछिल्लो समय कांग्रेस नेतृत्वको गठबन्धन तोड्न जसपाका अध्यक्ष उपेन्द्र यादव सक्रिय रहेको टिप्पणी बाबुराम नै गर्न थालेका छन् । यस्तै केही समय पहिले ओलीको लागि जसपा फुटाएका महन्थ ठाकुर र राजेन्द्र महतो पनि अहिले एमालेविरुद्ध गठबन्धनमै लाग्ने संकेत देखाइरहेका छन् ।

सोही कारण सोमबार बालुवाटारमा भएको भेटवार्ता गठबन्धन जोगाएर चुनावमा जाने र थप बृह्त बनाउने तयारी घनीभूत छ । यसका लागि एमाले नेताहरुको सक्रियता र सम्भावित योजनाका साना–साना सूचनाबारेमा पनि बालुवाटारमा गम्भीर छलफल हुने गरेको छ ।

यो पनि पढ्नुहोस

ओली-नारायणकाजी भेटले नेपाली राजनीति तरंगित

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ११ : १८ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक