निजगढ विमानस्थलको निर्माण शुरु गर्न संसदीय समितिको निर्देशन « Khabarhub

निजगढ विमानस्थलको निर्माण शुरु गर्न संसदीय समितिको निर्देशन


३० जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

आज (सोमबार) बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदन पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो ।

यसअघि समितिले नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अनुगमन र विश्लेषण गर्न उपसमितिको गठन गरेको थियो । उपसमितिले उक्त गुरुयोजनालाई अन्तिम रुप दिई निर्माण कार्य शुरु गर्नुपर्ने आशयको प्रतिवेदन तयार पारेको थियो ।

उपसमितिले ‘विमानस्थल निर्माणसम्बन्धी दीर्घकालीन गुरुयोजनालाई अन्तिम रुप दिई यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने’ भनिएको छ।

साथै सो उपसमितिले विमानस्थल निर्माण स्थल नजिकैका बस्तीको स्थानान्तरणसम्बन्धी कार्य र प्रक्रिया शीघ्र बनाउन र घरसारको लागि छुटपूर्जीका लागि समेत आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले काम अघि नबढाउन फैसला गरेको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  ११ : ५५ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम