निजगढ विमानस्थलको निर्माण शुरु गर्न संसदीय समितिको निर्देशन « Khabarhub

निजगढ विमानस्थलको निर्माण शुरु गर्न संसदीय समितिको निर्देशन


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।

आज (सोमबार) बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गठन गरेको उपसमितिले तयार पारेको प्रतिवेदन पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो ।

यसअघि समितिले नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अनुगमन र विश्लेषण गर्न उपसमितिको गठन गरेको थियो । उपसमितिले उक्त गुरुयोजनालाई अन्तिम रुप दिई निर्माण कार्य शुरु गर्नुपर्ने आशयको प्रतिवेदन तयार पारेको थियो ।

उपसमितिले ‘विमानस्थल निर्माणसम्बन्धी दीर्घकालीन गुरुयोजनालाई अन्तिम रुप दिई यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु गर्ने’ भनिएको छ।

साथै सो उपसमितिले विमानस्थल निर्माण स्थल नजिकैका बस्तीको स्थानान्तरणसम्बन्धी कार्य र प्रक्रिया शीघ्र बनाउन र घरसारको लागि छुटपूर्जीका लागि समेत आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

निजगढ विमानस्थलबारे सर्वोच्च अदालतले काम अघि नबढाउन फैसला गरेको थियो ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ११ : ५५ बजे

म्याग्दीको मिस्त्रीखोलामा माछा पाइन छाडे

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा माछा पाइन

सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौँ– काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शिनबारका लागि विदेशी मुद्राको विनिमय दर

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल जेठ ९ गते शनिबार। अधिक जेठ शुक्ल

२०८३ साल जेठ ९ गते शनिबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ९ गते शनिबार। अधिक