बच्चाको मानसिक स्वास्थ्य र भिडियो गेमको उपचार | Khabarhub Khabarhub

बच्चाको मानसिक स्वास्थ्य र भिडियो गेमको उपचार


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै अभिभावकलाई आफ्ना छोरा छोरीले मोबाइल धेरै चलाएकोमा चिन्ता हुनसक्छ । केल्सी सिहाउनराथ भने आफ्नो छोराले भिडियो गेम खेलेकोमा दङ्ग छिन् । उनको १३ वर्षीय छोरालाई एडीएचडी (एटेन्ड डिफेक्ट हाइपर एक्टीभीटी डिस अर्डर) पुष्टि भएको छ ।

यसपछि जर्जियामा अवस्थित अमेरिकी सहर सबननका उनीहरूले छोरा ओवेनलाई अस्पताल लगे । दैनिक कामका बारे चासो लिने र कसरी दिनचर्या बिताउने भन्ने सोचका लागि उनीहरूले चिकित्सकको सल्लाह लिन गएका हुन् ।

उनीहरूले यसको उपचार साइकल सुरु गरे । तर, बीच समयमा टाउको दुख्ने भएका कारण यिनीहरूले यसलाई बिचमा नै रोकेका थिए । उपचार पद्धति बीचमा छाड्दा पनि उनीहरूको समस्या थपियो । छोराको स्कुलको पढाइ र गतिविधि एडीएचडीका कारण प्रभावित हुन थाल्यो ।

उ केही कुरामा ध्यान दिएको हुँदैन थियो । कुनै कुरा बुझ्न पनि उनलाई धेरै कठिन हुन्थ्यो । एक दमै अस्थिर ओवेन आफूलाई कुनै कुरामा सम्हाल्न नै सकिरहेको देखिँदैन थियो । यी सबै दृश्य अभिभावकमा चिन्तामा धकेल्नका लागि पर्याप्त थियो । उनकी आमा भन्छिन्, ‘यसले मेरो मुटु छियाछिया हुन्थ्यो । तर, म केही पनि गर्न सकिरहेको थिइन ।’

अन्त्यमा बल्ल एउटा उपाय पत्ता लाग्न सक्यो । एन्डेभोर आर एक्स नामको कम्प्युटर गेम उपयोगी ठानियो ।

सन् २०२० मा अमेरिकी खाद्य तथा औषधि प्रशासनले एडीएचडीको उपचारका लागि यसलाई अनुमोदन गरेको थियो । अरू खेल जस्तै देखिने यो खेल डाउनलोड गर्नका लागि पनि चिकित्सकको पैस्क्रीप्सन अति आवश्यक ठहरियो । यस खेलमार्फत् संसारका जानकारी पनि पाइने भएकाले अझ उपयोगी ठहरिएको हो ।

यसको मतलब के हो भने एडीएचडी भएका बच्चालाई एकै पटक धेरै काम दिने र अव्यवस्थित हुनबाट बचाउने हो । यसले उसको सिर्जनशीलताको विकास गर्छ र समस्यामा सही समयमै हल गर्ने क्षमताको विकास गर्छ ।

‘चिकित्सकले यो प्रेस्क्राइब गरेपछि अभिभावकले एप्लीकेसनको लिङ्क पाएका थिए । यसै लिङ्कसँगै बच्चाको खेल सुरु भएको थियो,’ ओवनेकी आमा केल्सीले बताइन् । उनका अनुसार प्रत्येक दिन २५ मिनेटका दरले पहिलो तीन महिना उसले बिताएको थियो ।

सुरुवाती दिनमा त्यहाँको समस्या उसले अनुमान गरे भन्दा कठिन लागेको थियो । बिस्तारै त्यस खेलका समस्या समाधान गर्ने क्रममा उ रमाउन मात्र थालेन, यसलाई समाधान गर्न बढी केन्द्रित र बढी जागरुप हुन थाल्यो ।

ओवेनको प्रत्येक दिनको प्रगति पनि नोट गरेर राखिएको थियो । विस्तारै उसको व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेको थियो । ऊ सधैँ विद्यालय जान तयार हुन्थ्यो । शिक्षकबाट नराम्रो खबर सुन्नेक्रम पनि रोकियो । एक पटक पाँच कक्षामा फेल नै भइसकेको उ विस्तारै ए या बी ग्रेड ल्याउन थालेको थियो ।

‘मेरो छोरा यसरी सफल हुँदै जानु त अचम्मकै विषय हो। उसमा बढेको आत्मविश्वासले त मलाई नै उत्साहित तुल्याएको थियो,’ केल्सीले भनिन्उ, ‘अहिले तत्काल नै कुनै कुरा सिक्न र बुझ्ने भनेर नै प्रयास गर्ने भएको छ।
बोस्टनमा आधारित प्राविधिक फर्म अकिलीले यो खेलको अवधारणा तयार पारेको हो । खेलको विकासमा प्रमुख कार्यकारी एडी मार्टुकीको ठूलो भूमिका छ ।

यस खेलको अवधारणा भनेको मस्तिष्कका तन्तुहरूलाई सक्रिय बनाउने तथा संज्ञानात्मक गतिविधिमा सक्रिय बनाउने हो । यस कम्पनीले युरोपमा अबको केही वर्षका यो खेल सुरुवात गर्ने लक्ष्य राखेको छ ।

बेलायतमा भने मानसिक स्वास्थ्य समस्या निराकरण गर्नका लागि थाइमिया भन्ने एपको प्रयोग हुने गरेको छ । डिप्रेसनको उपचारका लागि यो एप धेरै नै प्रयोग हुने गरेको छ । यो एक अन्तरगत एक खेलमा खेलाडीले चली रहेको वस्तुलाई सम्झने प्रयास गर्छ ।

अर्को भने कार्ड गेम हो । यस कार्ड गेमले उसको स्मरण शक्तिलाई परीक्षण गर्छ । यस एपमा उनीहरूले कसरी खेल्नेछन् भन्ने मात्र नभई खेलको दौरान फेसीयल गतिविधि र प्रतिक्रियालाई पनि रेकर्ड गरेर राख्ने गरिन्छ । यी सबै कुराहरू मोबाइल या कम्प्युटरमा भएको क्यामरामार्फत् यी सबै कुराको जानकारी राख्ने गरिन्छ ।

यो एपको तयार गर्ने र अगाडि बढाउने काम डा. एमीलीया मोलीम्पाकीसले गरेका हुन् । उनी लन्गुयटिक्स र कग्नीटीभ न्युरोसाइन तथा एक्सपेरिमेन्टल साइकोलाजीमा लन्डनस्थित युनिभर्सिटी कलेजबाट विद्यावरिधि हुन् । डा. स्टफानोे गोरिसासँगको सहकार्यमा उनले व्यवसाय पनि सुरु गरेकी छन् । उनले टुरिन विश्व विद्यालयबाट सैद्धान्तिक भौतिक शास्त्रमा पिएचडी गरेका हुन् ।

डा गारियाकै अनुसार यस एपले बायोमेकर्सलाई आकर्षित गर्छ । उनीहरूलाई व्यस्त बनाएर नै यसले डिप्रेसनको पहिचान गर्न सक्छ । अकिली र थामिया दुवैले चिकित्सकको निगरानीमा यो एपको सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । यसलाई जथाभाबी प्रयोग गर्न नहुने जनाइएको छ । बेलायतमा रहेका एडसोलेन्ट साइकोलोजीस्ट एन्जेला करन्जा यसमा सहमत छन् ।

‘यी प्रभावकारी आविष्कार हुन् । यिनीहरूको उपयोग अहिले नै सरोकारवाला बिरामीमा गरिनु उपयुक्त हुन्छ । साथै प्रश्नावली तयार पारेर परीक्षण र नतिजाको बारे थप कुरा गर्न सके यसमा विश्वसनीयता बढ्ने छ’, काउरनजाले भने । उनले यस्ता उपचार पद्धतिलाई गुपचुप नगरेर सार्वजनिक गरे अझ बढी राम्रो हुने कुरामा जोड दिएका छन् । सार्वजनिक गरेसँगै थप अध्ययनको बाटो समेत खुला हुनसक्ने छ ।

बेलायतका मनोविश्लेषक ली च्याम्बर्स यस्ता एपहरूको प्रयोगबाट मानसिक स्वास्थ्यको परीक्षण, निगरानी र उपचार विधि सुरुवाती तहमै रहेको बताउँछन् । यसको व्यापक सम्भावना रहेकोमा उनी पूर्ण सहमत छन् ।

‘खेलमा रमाउने भनेको हामीले भोगी रहेको कुराबाट पूर्ण मुक्त रहुन् पनि हो’, उनले भने । उनका अनुसार यस्ता मानसिक स्वास्थ्यसँग सम्बन्धित खेलहरूको व्यापक क्षेत्र हुनसक्छ । साथै यसलाई ट्रेसिङ गरेर निश्चित समयमा आधारभूत डाटाहरू तयार पार्न सकिने छ । यसले हाम्रो सुरुवाती सूचकहरू प्रदान गर्नेछ । भविष्यमा यसको विस्तारित स्वरूप त देखिने नै छ ।

यी भए बच्चाको स्वास्थ्य अवस्थाको जानकारी लिने र उपचार पद्धतिका लागि प्रयोग गरिने एपहरू । बच्चाहरूको अध्ययनलाई केन्द्रित गर्दै खान एकेडेमीले वेस्ट ओभरअल, बीजी सेपले वेस्ट फर टोडलर्स र एबीसी माउस डटकमले वेस्ट फरक प्री स्कलर्स तयार पारेका छन् । प्रोडीगीको वेस्ट फर इलीमेन्टरी स्कुल किड्स, गुगल आर्ट एन्ड कल्चरको वेस्ट फर ट्वीन, क्वीजलेटको वेस्ट फर टिन हप्सकचको वेस्ट फर टिचिङ किड कोडिङ अहिले राम्रो एप मानिएका छन् ।

बच्चाहरूको उपचार र शिक्षाका लागि मोबाइल एप र कम्प्युटर प्रयोग गरिने प्रचलन अहिले व्यापक भएको छ । तर, उपचार एप चिकित्सकको सल्लाह बिना प्रयोग गर्नु उपयुक्त हुने छैन भने अन्य एप पनि धेरै प्रयोग गर्न दिनु बच्चाको स्वास्थ्यका लागि लाभ दायक हुँदैन ।

भारतकै येनेपेया विश्वविद्यालय अन्तरगतको येनेपोया मेडिकल कलेजको बायो केमेस्ट्री विभागका प्राध्यापक भुनवेस शुकलाल कालाल, विनिथा रामनाथ पाइ र साम एस भटबाट लेखिएको पुस्तकमा यस बारे वर्णन गरिएको छ । पुस्तकमा मोबाइल र ट्याब्लाइटबाट बच्चाहरू कसरी बिरामी पर्ने गरेका छन् भनेर उल्लेख गरिएको छ ।

संसारमा पछिल्लो समय मोबाइल र फोनको प्रचलन अत्यधिक छदै छ । यो नै रोगको एउटा प्रमुख कारण पनि बनेको छ । यसका बाबजुद केही एप चिकित्सकको सल्लाहमा प्रयोग गरेमा यसले बच्चामा रहेको मानसिक समस्याको निराकरण गर्नसक्छ । सायद यी एप अबको केही वर्षमा नेपालमा पनि आउने छन् । (स्रोत : बीबीसी, भेरीवेल फेमीली, इपेडपब डटकम)

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ३६ बजे

आज २०८१ साल असोज १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो