'सजिलो हुने भएकाले नयाँ प्याड बजारमा ल्याएकी हुँ' | Khabarhub Khabarhub

‘सजिलो हुने भएकाले नयाँ प्याड बजारमा ल्याएकी हुँ’


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नेपालमै सेनिटरी प्याडको उत्पादन बढ्दो छ । घरेलु उद्योगीले पनि राम्रो विशेषता भएको सेनिटरी प्याडको उत्पादन र बिक्री गरिरहेका छन् । त्यसमध्येकी एक हुन्, अन्जु थापा । जसले पछिल्लो समय आफैले उत्पादन गरिरहेको प्याड बजारमा पठाइरहेकी छन् । उनले उत्पादन गरिरहेको सेनिटरी प्याडको विशेषता, आवश्यकता, उत्पादन र बजारीकरणबारे खबरहबले गरेको कुराकानीको सम्पादित अंशः

तपाईलाई सेनिटरी प्याड नेपालमा नै उत्पादन गर्नुपर्छ भन्ने सोच कसरी आयो ?
गाउँमा बसोबास गर्ने भएको कारणले गर्दा राम्रो सहज प्याड थिएन । आमा दिदीले कपडा लगाउन सिकाउनु भयो । त्यो प्रयोग गर्दा स्कुल जाँदा कतै बाहिर जाँदा धेरै समस्या आयो । गाह्रो पनि भयो । त्यो कारणले धेरै स्कुल पनि छुट्यो । जब म प्लस टू पढ्दा गाउँमा डिस्पोसेबल प्याड आइसकेको थियो । त्यसले धेरै खुसी भएर त्यो प्रयोग गर्दा समस्या आयो । त्यो डिस्पोसेबल प्याडमाथि कपडा राखेर प्रयोग गर्न थालेँ । पछि डाक्टरहरूसँग सल्लाह लिँदा डिस्पोसेबल प्याड र कपडाबीचको तापक्रमबाट नराम्रो ब्याक्टेरियाहरू निस्किँदो रहेछ । त्यसबाट पाठेघरमा असर गर्दो रहेछ । मैले श्रीमानको सल्लाहमा कटन प्याड प्रयोग गरेँ । यो मेरो मात्र समस्या हैन भनेर यसलाई व्यवसायी रूपले गरौँ भनेर लागेँ । पैसाको हिसाबले हेर्दा डिस्पोसेबल प्याड एक सेटको ८० रुपैयाँ परेता पनि सबैलाई पुग्दैन । त्यो हिसाबले धुन मिल्ने प्याड धेरे सस्तो पर्ने भएकोले मैले सुरु गरेँ ।

सुरुवाती दिनमा कति लगानीमा सुरु गर्नुभयो ?
सुरुमा सामान्य कपडा सिलाउने मेसिनबाट सुरु गरेँ । आफ्नो परिवारमा प्रयोग गर्दा पछि छिमेकी दिदिहरुलाई पनि दिएँ । सबैबाट सल्लाह सुझाव लिएर बिस्तारै बिस्तारै सामानहरू थप्दै सुरु गरेँ । यति नै खर्च भन्ने छैन । आफ्नो लगानी उठेको महसुस गरेको छु ।

परिवारबाट कस्तो साथ सहयोग पाउनु भएको छ ?
यहाँसम्म आउनुमा नै मेरो श्रीमानको साथ छ । प्याड बनाउने भन्ने बित्तिकै जुन सुकै सामानले बनाउन भएन । त्यसको लागि साम्रगीहरु विदेशबाट ल्याउनु पर्दछ । त्यसैले परिवारको साथ सहयोगले नै यो सम्भव बनेको हो ।

कतिको व्यापार छ, अनि बजारमा माग कति छ ?
सुरुमा त बुझाउन पनि एकदमै गाह्रो छ । डिस्पोसेबल प्याड बढी प्रयोग भएकोले सुरुको दुई वर्ष जति त धुन मिल्ने प्याडको परिचय दिँदैमा नै बित्यो । तर अहिले धेरैले बुझ्ने भएकोले राम्रो छ ।

स्वास्थ्यका हिसाबले पनि प्याडलाई राम्रोसँग प्रयोग नगर्दा क्यान्सर पनि निम्त्याउन सक्छ । त्यसमा तपाईहरुकोमा कस्तो सामानको प्रयोग गर्नुहुन्छ ?
प्याड बनाउने भन्दै धेरै ठाउँमा बनाउनुहुन्छ । तालिम पनि दिनु भएको छ । तर जस्तो पनि कपडा प्रयोग गर्नु हुन्छ । तर हाम्रोमा कटन र पियुएल भन्ने कपडा हुन्छ । त्यसले ब्लड रोक्छ र हावा आदान प्रदान गर्दछ । जसले पाठेघरलाई सास फेर्ने बाटो हुन्छ । त्यसले कुनै असर गर्दैन हाम्रो कपडा किटाणुरहित छ ।

उपभोक्ताहरूले प्रयोग गरेर केही प्रतिक्रिया दिनु भएको छ कि ?
बाहिरी देशहरूको जस्तो राम्रो डिजाइनहरूको माग गरिरहनु भएको छ । त्यसले गर्दा थप हौसला बढेको छ ।

यो प्याडका विशेषताहरु के–कस्ता रहेका छन् ?
बजारको प्याडमा धेरै रसायन मिसाइएको हुन्छ । त्यसले पाठेघरलाई असर गर्दछ । वातावरणको हिसाबले हेर्ने हो भने अहिले काठमाडौँको फोहोरको थुप्रोमा हेर्दा ५० प्रतिशत त बच्चाले प्रयोग गरेको डाइपर र प्याड नै होला । त्यो र आर्थिक रूपले हेर्दा यो धेरै राम्रो छ ।

धेरै जनाले सेनिटरी प्याडलाई फ्री गराउने कुराहरू पनि उठाएका छन्, त्यसलाई कसरी लिनु हुन्छ ?
विदेशी उत्पादनलाई ट्याक्स फ्री गरिदियो भने हाम्रो स्वदेशी उत्पादनलाई कसले प्रयोग गर्ने ? सस्तो आए पछि वातावरणलाई र स्वास्थ्यलाई असर गर्ने कुरालाई ध्यान कसैले दिदैनन् । यस्तो गर्दा हामी जस्तो उद्यमीलाई प्रत्यक्ष असर पर्‍यो । कच्चा पर्दाथलाई जिरो प्रतिशत ट्याक्स गरिदिनुपर्छ । स्वदेशमै उत्पादित सामानको प्रोत्साहन गर्नुपर्छ ।

सरकारले ऋण धनका कुरामा नेपालमै उत्पादित सामग्रीलाई कस्तो व्यवस्थापन गरेको छ ?
यो विषयमा त सरकारको ध्यान पिटिक्कै गएको छैन, स्कुल स्कुलमा फ्री प्याड भनेको छ । तर त्यसलाई कार्यान्वयनमा ल्याएको छैन । ऋणको पनि राम्रो व्यवस्थापन छैन । त्यसलाई सरकारी निकायले ध्यान दिनु पर्दछ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हाम्रो प्याड एकपटक प्रयोग गर्नुहोस् कस्तो लाग्छ । कुनै रसायनको प्रयोग गरिएको छैन । व्यापारिक रूपले भन्दा पनि सेवा प्रदान गरिरहेका छौँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : ३८ बजे

पाकिस्तानमा बस दुर्घटना : २० को मृत्यु, २१ घाइते

पाकिस्तान– पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको

मिर्गाैला प्रत्यारोपणका लागि सहयोग माग्दै पत्रकार

सुनसरी– पीबी (प्रेमबहादुर) दियाली एक समय इटहरीका सक्रिय पत्रकार मानिन्थे

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका पक्षमा सरकारले

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्