रुस-युक्रेन खाद्यन्न वार्ता इस्तानबुलमा हुने | Khabarhub Khabarhub

रुस-युक्रेन खाद्यन्न वार्ता इस्तानबुलमा हुने


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ ।

गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । तर, ब्ल्याक सीमा रूसी युद्धपोतले युक्रेनी ढुवानी अवरुद्ध गरेको छ । अत्यावश्यक खाद्यान्न व्यापार पुनः सुरु गर्ने प्रयास स्वरुप टर्कीले वार्ता आयोजना गरेको हो । वार्तामा संयुक्त राष्ट्र संघको प्रतिनिधिमण्डल पनि सहभागी हुनेछन् ।

पछिल्ला समयमा युक्रेनविरुद्ध बढी आक्रामक भएको छ । पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रलाई रुसी सेनाले निशाना बनाएका छन् । पूर्वी युक्रेनको खेर्सानमा युक्रेनले रुसी हतियार भण्डारलाई ध्वस्त पारेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १२ : २४ बजे

जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु, आमाछोरी बिरामी 

काठमाडौं– रूकुमपूर्वमा जङ्गली च्याउ खाएर बिरामी परेका दिदी भाइको मृत्यु

कांग्रेस जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको बैठक सम्पन्न

चण्डीगढ– नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको बैठक बसेको

तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना

काठमाडौं– सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल

तराई-मधेसमा खानेपानी समस्या समाधान गर्न समिति गठन

काठमाडौं– खानेपानी मन्त्रालयमातहत रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले तराई-मधेसमा

गगन थापा भन्छन्- निर्वाचनमा गठबन्धन गर्न हुँदैन

चितवन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने