निजी समारोहमा कति शुल्क लिन्छन् सेलेब्स ?  « Khabarhub

निजी समारोहमा कति शुल्क लिन्छन् सेलेब्स ? 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड सेल्बेसको फ्यानहरु अधिक छन् । यसैले गर्दा उनीहरूको डिमाण्ड धेरै नै हुने गर्छ । दर्शकको मनमा राज गर्न सफल भएकै कारण उनीहरू खोजीमा पर्छन् । दर्शकको मायाका कारण बनेको स्टारडमले उनीहरूका लागि आम्दानीको श्रोत समेत हो । उनीहरूले फिल्ममा मात्र नभई बाहिरी जीवनमा समेत विभिन्न मध्यमबाट आम्दानी गर्ने गरेका छन् ।

उनीहरूले व्यक्तिगत इभेन्टमा समेत सहभागिता जनाउने गरेका छन् । यद्यपि निजी समारोहमा पफर्मेन्स गरेको शुल्क उनीहरूले राम्रै लिने गरेका छन् । बलिउडका बादशाह अर्थात् शाहरुख खानले विवाह पार्टीहरूमा पनि धेरै सहभागिता जनाउने गरेका छन् । शाहरुखले बर्थ डे पार्टी, बिहे वा अन्य कुनै पनि निजी समारोहमा डान्स गरेबापत करिब ३ करोड (भारु) लिने गर्छन् । पछिल्लो समय उनको आम्दानीको श्रोत पनि यस्तै थियो । पब्लिक इभेन्ट झैँ व्यक्तिगत इभेन्टको लागि उनी हिच्किदाउदैनन् ।

शाहरुख झैँ स्टारडम् भएका कलाकार हुन् सलमान खान । उनीहरूको फ्यानको बीचमा को बढी पपुलर भनेर बेलाबखतमा विवाद समेत हुने गरेको छ । केही समय आपसी बोलचाल समेत बन्द गरेका शाहरुख र सलमान बलिउडमा मिल्ने साथी पनि हुन् । सलमानको सहयोगी भावले नै शाहरुखलाई दुस्मनी भुलाउन मदत गरेको थियो ।

रिपोर्टका अनुसार सलमानले पार्टी वा निजी समारोहमा डान्स गरेबापत करिब २ करोड (भारु) लिन्छन् । साथै , उनको सर्तहरू समेत हुन्छन् । उनी आफ्नो काम बाहेक अन्य कुरामा तयार हुँदैनन् । बलिउडमा डान्स र एक्सनको कारण चर्चामा आउने ऋतिक रोशनको डिमाण्ड पनि उस्तै छ ।

हाइ सोसाइटीका व्यक्तिहरू आफ्नो स्टारको प्रस्तुति लाइभ हेर्न आतुर हुन्छन् । उनीहरू त्यसको लागि नै भारी पारिश्रमिक समेत तिर्ने गर्छन् । रिपोर्टका अनुसार ऋतिक रोशनले एक प्राइभेट पार्टीमा डान्स गरेको करिब २.५ करोड (भारु) लिन्छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : ४४ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका