श्रीलंकामा देशव्यापी संकटकाल घोषणा « Khabarhub

श्रीलंकामा देशव्यापी संकटकाल घोषणा


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- कोलम्बोमा देशव्यापी आपतकाल  घोषणा गरिएको छ । कार्यवाहक राष्ट्रपतिको रूपमा श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राष्ट्रव्यापी संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेको केही घण्टा पछि सम्भावित हिंसाबिच संकटकाल  घोषणा गरिएको हो । राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै राजधानी कोलम्बोमा बिहानैदेखि प्रदर्शन भइरहेका छन् ।

बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु पनि लगाइएको छ । यसैबीच, प्रधानमन्त्रीले हिंसात्मक कार्य गर्नेलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिएको उनको कार्यालयले जनाएको छ ।

राष्ट्रपति राजापाक्षेसँगै प्रधानमन्त्रीले पनि राजीनामा दिनुपर्ने माग गर्दै प्रधानमन्त्रीको कार्यालय प्रवेश गर्न खोज्ने भीड तितरबितर पार्न सुरक्षा बलहरूले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेका छन् ।

अहिले प्रदर्शनकारीको संसद् र प्रधानमन्त्रीको कार्यालयतर्फ बढेको प्राप्त विवरणमा जनाइएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : ३८ बजे

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा

साताको कार्टुन – विरहको गीत

काठमाडौं – नेपाली कांग्रेसमा विशेष महाधिवेशन स्वीकार नगर्दा निवर्तमान सभापति

आजको मौसम पूर्वानुमान: तराईमा हुस्सुको समस्या अझै कायम

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित