श्रीनिधिले बढाइन् पारिश्रमिक  « Khabarhub

श्रीनिधिले बढाइन् पारिश्रमिक 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण भारतीय फिल्म अन्तर्गत रहेको कन्नडा फिल्म उद्योगलाई चिन्ने कमै थिए । आफ्नो उद्योगको पहिचान दर्शक माझ स्थापित गर्ने लडाई ‘केजीएफ’ ले जित्यो । यो फिल्म पश्चात् कन्नडा फिल्म उद्योगलाई थाहा नपाउने सायदै छन् । केजीएफको रिलिज भएको दुई च्याप्टर मार्फत यश स्टार मात्र बनेनन् , आफ्नो उद्योगलाई पनि चिनाए । निर्देशक प्रशान्त नीलको कामले उद्योगलाई नै विश्व माझ परिचित गराएको यशले बताएका थिए ।

फिल्ममा मार्फत यश र प्रशान्त मात्र चिनिएनन् । फिल्मकी एक्ट्रेस श्रीनिधि शेट्टी पनि लोकप्रिय बनिन् । केजीएफमा हेर्दा सामान्य देखिएकी श्रीनिधि दोस्रो च्याप्टरमा अधिक स्क्रिन स्पेस पाइन्। लिड हिरोइन श्रीनिधि सन्२०१६ मा सौन्दर्य प्रतियोगिता ‘मिस सुपरनेशनल’ उपाधि जितेकी थिइन्। यद्यपि उनलाई चिनाउने काम सन् २०१८ मा कन्नडा फिल्म ‘ केजीएफ’ ले गर्‍यो ।

यिनै एक्ट्रेसले आफ्नो पारिश्रमिकमा वृद्धि गरेकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले आफ्नो आफ्नो पारिश्रमिक दोब्बर संख्यामा बढाउँदै ६ देखि ७ करोड डिमाण्ड गर्न थालेकी छिन् ।

हालै उनले ‘कोबरा’ नामक फिल्मका लागि ७ करोडको आसपासमा पारिश्रमिक बुझेकी छिन् । यो सँगै उनी कन्नडा फिल्मकी सर्वाधिक महँगी एक्ट्रेस बनेकी छिन् । फिल्म ‘कोबरा’ मा अभिनेता चियान विक्रमसँग श्रीनिधि देखिनेछिन्।  ‘ केजीएफ : च्याप्टर २’ मा तीन करोड भारतीय रुपैयाँ लिएकी थिइन्।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : ५६ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति