मुगुमा फस्टाउँदै चौँरी पालन   « Khabarhub

मुगुमा फस्टाउँदै चौँरी पालन  


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुको पूर्वी भेगको मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लो समय चौरी पालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेको चौँरी पालनमा अहिले भने स्थानीयले रुचि देखाउन थालेका छन् ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोग पाएपछि चौरी पालन फस्टाउँदै गएको हो ।

मुगमकामारोङ्ग गाँउपालिका-५ दाउरागाँउमा ‘एक निर्वाचन क्षेत्र, एक पकेट क्षेत्र’ कार्यक्रमअन्तर्गत हिमाली रिसर्च स्टोर फर एग्रिकल्चर एण्ड हब्स प्राइभेट लिमिटेडले चौँरी पालन व्यवसाय सञ्चालनमा सहयोग गरिरहेको छ ।

चौरी पालनबाट स्थानीयको आयआर्जन मात्रै बढेको छैन, दूध, उन, मासु, छुर्पी उत्पादन लगायतमा समेत सहयोग पुगेको छ । चौँरी पालन फर्म जिल्ला पशु सेवा कार्यालयबाट ५० प्रतिशत र ५० प्रतिशत निजी लगानीमा तीन वर्षअघि सञ्चालनमा आएको हो ।

अहिले यस फर्ममा ४३ वटा चौँरी छन् । चौँरी फर्म सञ्चालक गुरु स्याङ्ग्या लामाका अनुसार नौ महिना हिमालको हावापानीमा पालिन्छ भने बाँकी तीन महिना बेँसीतिर पाल्ने गरिन्छ ।

लेकमा पाल्दा पनि दाना, घाँस, नुनलगायतको समस्या हुने गरेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : ३२ बजे

रास्वपाका समानुपातिक उम्मेदवार : क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि कलाकार प्रकाश सपूतसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ११० जनाको सूची निर्वाचन

यी हुन रास्वपाबाट समानुपातिक सूचीमा समावेश हुने उनेपाका १८ जना

काठमाडौं– रास्वपामा उज्यालो नेपाल पार्टीका १८ जनाको नाम समानुपातिकतर्फ प्रस्ताव

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते

पाँच वर्षमा ७१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

गण्डकी – गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म ७१

नेकपाले बन्दसूची बुझाउन किन गर्‍यो ढिलाइ ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउन ढिलाइ गरेको छ