आज पुत्रदा एकादशी व्रत गरिँदै « Khabarhub

आज पुत्रदा एकादशी व्रत गरिँदै


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज पौष शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीको व्रत गरिँदैछ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने विभिन्न पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गरेको पनि विभिन्न ग्रन्थमा लेखिएको छ ।

समस्त कामना तथा सिद्धिका दाता भगवान् लक्ष्मीनारायण यस तिथिका अधिदेवता हुन् । यो दिन भगवानको पूजा अर्चना तिल, तुलसी अर्पणगरी कुन्दको फल र पक्वान्न अपुङ्गोको नैवेद्य चढाएर दारिमको अर्घ भगवानलाई दिई ब्राह्मणलाई घ्यू दान दिनुपर्ने विषय पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताए ।

परापूर्वकालमा भावतीपुरीका राजा सुकेतुमान तथा महारानी चम्पा धेरै समयसम्म कुनै पुत्र नभएका कारण चिन्तामा डुबेका थिए । एक दिन राजा घोडामाथि चढेर वनतर्फ प्रस्थान गरे । त्यहाँ उनले एउटा सरोवरको नजिकमा ऋषिमुनिको आश्रम भेटे । ऋषि मुनिद्वारा गुञ्जायमान वेद–पाठले राजा अत्यन्त प्रभावित भए ।

त्यस दिन पुत्रदा एकादशी परेको थियो । ऋषिमुनिले राजालाई व्रत गराए । जुन व्रतले व्रतकर्तालाई पुत्र–सुख प्रदान गर्ने सामथ्र्य राख्ने बताए । मुनिको निर्देशानुसार राजाले पुत्रदा–एकादशीका दिन उपवास बसेर द्वादशीका दिन व्रतको पारायण गरे । यस अनुष्ठानको पुण्यफलले उनले सुन्दर र तेजस्वी पुत्र प्राप्त गरे । पुत्रदा एकादशीको व्रत लिनाले यस जन्ममा सन्तान सुख भोगेर मृत्युपछि स्वर्ग प्राप्त गर्दछ ।

पुत्रदा एकादशीको माहात्म्यलाई पढ्नाले र सुन्नाले मात्र पनि अग्निष्टोम यज्ञ वा अष्वमेध यज्ञ गरेसरहको फल प्राप्त हुने धार्मिक मान्यता छ । पुत्र प्राप्तिको कामना हुने भक्तजनले पुत्रदा एकादशीबाट प्रारम्भ गरी निम्न मन्त्रको प्रतिदिन कम्तीमा पनि पाँच माला अर्थात् ५०० पटक जप गर्नाले सिद्धि प्राप्त हुने विश्वास छ, ‘क्लीं देवकीसुत गोविन्द वासुदेव जगत्पते । देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः क्लीं’ मन्त्रको जपपछि सन्तान गोपाल स्तोत्रको पाठ गर्नाले निःसन्तानले सन्तान–सुख प्राप्त गरेका उदाहरण प्रशस्त भेटिने गरेको पण्डित देवकोटाले बताए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : ३४ बजे

गगन भन्छन् : २०१५ सालका बीपीलाई जस्तै बालेनलाई ऐतिहासिक अवसर मिलेको छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई अहिले

काठमाडौँ फिल्म फेस्टिभल गर्ने महानगरको योजना

काठमाडौं- काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रियको चलचित्र महोत्सव आयोजना गर्ने योजना बनाएको

भीएआरले फिफालाई आपत् : स्विट्जरल्यान्डलाई दिइएको पेनाल्टीबारे के भन्यो ?

काठमाडौं- विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत कतार र स्विट्जरल्यान्डबीचको खेलमा भिडियो

राप्रपाले राष्ट्रवादी शक्तिको भूमिका निभाउन नसकेपछि नयाँ शक्ति बनायौँ : धवल शमशेर

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता  धवल शमशेर राणाले मुलुकमा

दुर्गा प्रसाईंको आरोप- राप्रपा राजा र धर्म साट्ने पार्टी हो

काठमाडौं– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक