‘गीत गोविन्दम’ को राइट्स रोहितसँग « Khabarhub

‘गीत गोविन्दम’ को राइट्स रोहितसँग


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा निर्देशक रोहित शेट्टी एक्सन फिल्म निर्देशकको परिचयमा स्थापित छन् । गाडी उडाउने र तोडफोड गर्ने उनको भिन्न शैली छ । त्यसो त उनले अल द बेस्ट, गोलमाल सिरिज, चेन्नई एक्सप्रेस जस्ता कमेडी फिल्म पनि बनाएका छन् । यद्यपि  ती फिल्ममा पनि उनको एक्सन देखाउने शैली भिन्न छ । उनलाई सोच्दा नै एक्सन, कमेडी फिल्मको रूपमा दर्शकले बुझ्ने गरेका छन्।

रोहितले लभ स्टोरीलाई पनि एक्सनको सेटअपमा देखाउने गर्छन् । चेन्नई एक्सप्रेस, दिलवाले जस्ता फिल्मको केन्द्रीय द्वन्द्व प्रेम भएता पनि उनले एक्सनको पटकथामा ढाले। यिनै रोहितले हिट साउथ इन्डियन फिल्म ‘गीता गोविन्दम को हिन्दी रिमेक लिएका छन् ।

उनले यसको रिमेक लिने समयमा साउथका फिल्महरू हिन्दीमा कमै सङ्ख्यामा रिलिज हुन्थे । तर, पछिल्लो समय अवस्था फेरिएको छ । अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा’ ले हिन्दी भाषामा राम्रो व्यापार गरेपछि यति बेला साउथ इन्डियन फिल्महरू सिधै हिन्दीमा सेम डेटमै आउन थालेका छन् ।

दक्षिण भारतीय फिल्म नगरीमा तेलुगु भाषामा बनेको सफल फिल्म ‘गीता गोविन्दम’ को रिमेक बलिउडमा रोहितले आफैँ निर्देशन गर्छन् वा अरू कसैलाई दिन्छन् भन्ने चर्चा चलिरहेको छ । रोहितले आफ्नो समयलाई गोलमाल ५ र सिम्बाको कथाको लागि सदुपयोग गरिरहेका छन् । यसैले गर्दा पनि ‘गीता गोविन्दम’ को काम अगाडि बढ्न सकेको छैन ।

साउथ इण्डियन फिल्म ‘गीता गोविन्दम’ जम्मा ५ करोडमा बनेको थियो । यसले बक्स अफिसमा झन्डै १ सय ३२ करोडको आसपासमा कलेक्सन गरेको हो । यसैले गर्दा पनि यसलाई बलिउडमा रुचाइने विश्वास छ । फिल्ममा ‘अर्जुन रेड्डी’ का हिरो विजय देवरकोण्डा मुख्य भूमिकामा छन् । उनीसँगै फिल्ममा रश्मिका मन्दना, निथ्या मेनन लगायतको अभिनय रहेको थियो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : ३८ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई