५९.५४ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार « Khabarhub

५९.५४ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजारमा बुधबार पनि सुधार देखिएको छ। यस दिन सूचक ५९.५४ अंकले बढेको छ । यससँगै सूचक १९८६.८२ विन्दुमा आएको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । करिब २ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

असार मसान्त नजिकिँदै जाँदा बजारमा चमक आएको हो । यसअघि १८०७ विन्दुसम्म झरेको नेप्से सुधार भएर करिब २१ सय विन्दु आसपास पुगेको थियो । त्यसपछि फेरि बजारमा करेक्सन आयो । करेक्सनपछि बजारमा फेरि चमक आएको हो ।

बजारको दिगो सुधारका लागि वित्तीय प्रणालीमा पर्याप्त तरलता र ब्याजदर सस्तो हुनुपर्छ । यसैगरी, आम लगानीकर्ताहरूको मनोविज्ञान पनि सकारात्मक हुन आवश्यक छ । सेयर बजारमा उतारचढाव भइरहन्छ । यो बजारको स्वाभाविक प्रक्रिया हो । बढेको बजार घट्न पनि सक्छ । सेयर बजारमा अवसरसँगै जोखिमको सम्भावना पनि अधिक हुन्छ भन्ने कुरालाई ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।

यस दिन २२५ कम्पनीको ५७ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । ९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया र नेपाल बैंक परेका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : ३५ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी