१३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित) « Khabarhub

१३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार बसेको सर्वोच्चको पूर्ण बैठकले नेपाल कानुन व्यवसायी परिषद्‌ ऐन २०५० को दफा २१ बमोजिम १३३ अधिवक्तालाई वरिष्ठ उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।

लामो समयदेखि कानुन व्यवसायमा सक्रिय व्यक्तिलाई सर्वोच्चले वरिष्ठ उपाधि प्रदान गर्न लागेको हो । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार लामो समयदेखि रोकिएको वरिष्ठ उपाधि यस पटक प्रदान गरिएको हो ।

वरिष्ठ उपाधि रोकाएकाले अनुभवी र ज्येष्ठ अधिवक्ताले पनि वरिष्ठ उपाधि पाउन सकेका थिएनन् ।

वरिष्ठ उपाधि पाउनेमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा बन्दी, पूर्व महान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराई, पूर्व महासचिव सुनिल पोखरेल, अधिवक्ता मेघराज पोखरेल, प्रतिनिधिसभाको कानुन न्याय समितिका सभापतिसमेत रहेका अधिवक्ता कृष्णभक्त पोखरेललगायत रहेका छन् ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ६ : ३४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति