अनाथालयको नाममा ठगी धन्दा, सञ्चालक पक्राउ | Khabarhub Khabarhub

अनाथालयको नाममा ठगी धन्दा, सञ्चालक पक्राउ


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– अनाथ तथा असहाय बालबालिकाको नाममा ठगी धन्दामा गरेको पाइएको छ । बाराको  निजगढ  नगरपालिका- ७ मा रहेको संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजले ठगी धन्दा गर्दै आएको पाइएको हो ।

अनाथालयको नाममा सहयोग माग्दै ठगी गरेको आरोपमा बारामा प्रहरीले एक जना पक्राउ गरेपछि ठगी भएको खुलेको हो । प्रहरीले जिल्लाको निजगढ नगरपालिका–७ मा सञ्चालित रहेको अनाथालयका सञ्चालक बताउने मनहरी गाउँपालिका–७ घर भएका २८ वर्षीय पासाङ रुम्बा पक्राउ परेका हुन् । पक्राउ  परेका रुम्बाबाट संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजको सहयोग रसिद समेत फेला परेको छ ।

रुम्बाले रोजगरी दिने भन्दै विभिन्न सहरका किशोरीहरूलाई प्रयोग गरेर नेपालका विभिन्न सहर बजारबाट रकम संकलन गर्न लगाउने कार्यमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय निजगढले रुम्बालाई पक्राउ गरेको हो । कर्मचारीको रूपमा भर्ना गरिएका बारा निजगढ नगरपालिकाका २ सहित ८ जना किशोरीहरूलाई विभिन्न जिल्लामा पठाएर रुम्बाले अनाथ बालबालिकाको सहयोगको लागि भन्दै रकम संकलन गर्न लगाउने र सो रकम आफन्तको नाममा पठाउने गरेको प्रहरीले बताएको छ । 

संयुक्त नेपाल अनाथ तथा असहाय बालबालिका समाजमा कर्मचारी आवश्यकता रहेको जानकारी पाएपछि करिब २ महिना अगि सुनसरी, रामधुनी नगरपालिका-२ की मनीषा कार्की मासिक १५ हजार तलब दिने सर्तमा यस संस्थामा आबद्ध भइन् । 

‘बस्न खान दिएर मासिक १५ हजार दिने भनी एनजियोमा कर्मचारी माग भएको सूचना अनुसार म यस संस्थामा आबद्ध भएको थिए तर हामीलाई प्रयोग गरेर अनाथ तथा असहाय बालबालिकाको नाममा संकलन भएको रकमको दुरुपयोग भएको रहेछ,’ उनले भनिन्, ‘हामीलाई दैनिक २१ सय रुपैयाँ संकलन गर्न लक्ष्य दिएको थियो र यो संकलन भएको रकमले अनाथ तथा असहाय बालबालिकालाई पठाउने, अनाथालय बनाएर राख्नेभन्दै रकम संकलन गर्न लगाउँदै आएका थिए । तर, हामीलाई झुक्काएर ठगी गरेको प्रहरीले सञ्चालकलाई पक्राउ गरेपछि बल्ल मैले थाहा पाए ।’

किशोरीहरूलाई मासिक १५ हजार रुपैयाँ तलब दिने सर्तमा एक महिनाअघि संस्थामा भर्ना गरिएको थियो । उनीहरूलाई संस्थाको नाम र लोगो अंकित पोसाक र परिचय पत्रसमेत प्रदान गरिएको छ । संस्थाको गतिविधि बारे शंका लागेपछि किशोरीका अभिभावकहरूले दिएको सूचनाको आधारमा प्रहरीले कार्यालयमा छापा मारेर कागजातसहित रुम्बालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सञ्जीव ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ६ : ५८ बजे

निजामतीसम्बन्धी विधेयकमा सरकारले खुट्टा नकमाओस् : राजेन्द्र पाण्डे 

काठमाडौं– प्रतिपक्षी नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले निजामतीसम्बन्धी विधेयक

गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएनन् : रास्वपा

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा

राप्रपाले आज पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभामा आज पनि रास्वपाको अवरोध जारी

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको

उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता