गण्डकीमा थपियो ५२ करोड बेरुजु | Khabarhub Khabarhub

गण्डकीमा थपियो ५२ करोड बेरुजु


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७७–०७८ मा झन्डै ५२ करोड बेरुजु थपिएको छ । प्रदेश अन्तर्गतका मन्त्रालयले ५१ करोड ५४ लाख बेरुजु थपेका हुन् ।

महालेखा परीक्षकको कार्यालयले प्रदेश सरकारको चौथो मलेप प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो । प्रतिवेदन अनुसार परीक्षण गरिएको वर्षसम्म गण्डकीमा १ अर्ब ७८ करोड ९८ लाख बेरुजु पुगेको छ । अघिल्लो वर्षसम्म १ अर्ब ५३ करोड बेरुजु रहेकोमा २६ करोड फर्स्यौट गरी १ अर्ब २७ करोड बाँकी थियो । पुनः ५१ करोड बेरुजु थपिएको हो ।

थपिएको बेरुजुमध्ये ४८ करोड ८३ लाख सरकारी कार्यालयको बेरुजु छ भने समिति तथा अन्य संस्थाको बेरुजु २ करोड ७१ लाख छ । पूरा बेरुजु मध्ये ९ करोड ८ लाख असुल गर्नुपर्ने खालको छ भने ३४ करोड २३ लाख नियमित गर्नुपर्ने छ । ८ करोड २२ लाख भने पेश्की बेरुजु हो । ३ करोड ७१ लाख कर्मचारीले नै लिएको पेश्की बेरुजुको रूपमा रहेको छ । सोही वर्ष प्रदेश सरकारले ३४ अर्ब ८४ करोडको बजेट कार्यान्वयन गरेको थियो ।

सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयको ३१ करोड ९६ लाख बेरुजु देखिएको छ । सामाजिक विकास मन्त्रालयको ९ करोड ४१ लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ४ करोड ३९ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २ करोड २० लाख तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको ८० लाख रुपैयाँ बेरुजु थपिएको हो ।

सरकारले सार्वजनिक गरेको बजेट मध्ये २९ अर्ब ९६ करोड मात्रै आम्दानी भएको र २५ अर्ब ६२ करोड खर्च भएको मलेप रिपोर्टले देखाउँछ । ४ अर्ब ३३ करोड रुपैयाँ खर्च गर्न नसकेको र त्यसमध्ये १ अर्ब ४७ करोड रुपैयाँ संघ सरकारको सञ्चित कोषमा फिर्ता भएको थियो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ११ बजे

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला– सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै

चालु आर्थिक वर्षको चौमासिक अवधि  ः २५ स्थानीय तह अझै बजेटविहीन

काठमाडौं– चालु आर्थिक २०८२–०८३ को चार महिना पूरा भए पनि

भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज

भोजपुर– ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि