मलिका भन्छिन् ‘फिल्मको काम देखिन बाँकी छ’ « Khabarhub

मलिका भन्छिन् ‘फिल्मको काम देखिन बाँकी छ’


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा : द म्युजिकल भ्लग’ मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’ मा अभिनय गरिसकेकी छिन् । तेस्रो फिल्म ‘सत्यम्’ मा अभिनय गर्ने वर्कशपमा समेत सहभागी भएकी मलिकाले फिल्म छाडिन् । उक्त फिल्म अझै बन्न सकेको छैन ।

मलिकाले अभिनेत्रीकै रूपमा अगाडी बढाइरहेको करियरलाई कोरोना भाइरसको महामारीले ब्रेक लगायो । डेब्यु फिल्म फ्लप भएपछि मिडियामा खासै नोटिस नभएकी मलिका फिल्म मार्फत रङ्गीन दुनियाँमा उदाएकी भएता पनि उनलाई म्युजिक भिडियोले लोकप्रियता दियो । उनले अभिनय गरेका भिडियोले दर्शकको मन जित्यो । ‘फूलबुट्टे’ सारी’ मार्फत भिडियोमा उदाएकी मलिकालाई आँखामा आउने सपनी, टाढा भए पनि, तिम्रो मनमा ए कान्छा लगायतका गीतमा दर्शकले सर्वाधिक रुचाएका छन् । म्युजिक भिडियोमा खोजिने नाम बनिसक्दा पनि फिल्मबाट भने उनको चिनारी बन्न सकेको छैन ।

उनले अभिनय गरेको फिल्म ‘पानीफोटो’ आउँदो साउन १३ मा प्रदर्शन हुँदैछ । फिल्ममा अभिनय गर्नु अगाडि उनले अडिसन समेत दिएकी थिइन् । फिल्मका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले उनले भूमिकालाई न्याय गरेकै कारण कास्ट गरेको बताएका छन् । ‘मलिकाको सुन्दरता अभिनयमा पनि देखिनेछ’ उनले एक अन्तर्वार्ताको क्रममा भनेका थिए ।

यिनै मलिकाले आफूले खगेन्द्रसँगै अनुप बराल , मेनुका प्रधानसँग काम गर्न पाउँदा धेरै सिकेको बताएकी छिन् । ‘मेरो लागि यो फिल्म सिकाइ पनि भयो । मैँले व्यक्तिगत रूपमै सम्मान गर्ने नामहरूसँग काम गर्न पाउँदा त्यसलाई अवसरको रूपमा लिए । यी सिकाइलाई म आउँदो समयमा उपयोग गर्ने छु’ उनले भनिन् । फिल्ममा ‘इन’ हुँदा के कस्तो होला ? भन्ने जिज्ञासा उनलाई पनि थियो । तर , को-स्टारहरूको सहजता कै कारण उनले सजिलै काम गरिन् । अडिसन मार्फत छानिएकी मलिकाले आफ्नो काम फिल्म हेरेपछि थाहा हुने बताइन ।

 माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई देखाइने फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ३० बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको