दाइजो प्रथाविरुद्ध ‘युगारम्भ’  « Khabarhub

दाइजो प्रथाविरुद्ध ‘युगारम्भ’ 


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दाइजो नपाउँदा होस् वा कम भएका कारण, मधेसमा विवाहित छोरीहरू जिउँदै जल्नुपर्ने अवस्था अझै पूर्ण हट्न सकेको छैन । त्यति मात्रै होइन मानसिक र शारीरिक पीडा खप्दै वर्षौँसम्म डिप्रेसनका बिरामी भएका छोरीहरू पनि छन् । विजय खरेलको हालै प्रकाशित उपन्यास ‘युगारम्भ’ दाइजो प्रथाविरुद्ध दुई छोरीले समाजमा भरेको चेतना र परिवर्तनको चित्रण हो ।

विवाह गर्न बाँकी किशोर गुप्ताका दुई छोरीले दाइजो प्रथाविरुद्ध गरेको संघर्ष र त्यसमा अभिभावकले दिएको साथ उदाहरणीय छ । त्यसमा उनीहरूको शैक्षिक चेतना पनि थप कारक देखिन्छ । सक्षम भइसकेपछि मात्रै विवाहका लागि तयार हुनुपर्छ तर अभिभावकको दबाबमा होइन कि आफ्नो रोजाइ नै सबैभन्दा ठूलो खुसी हो भन्ने सन्देश उपन्यासले दिएको छ ।

मैथिली स्वादमा प्रस्तुत उपन्यासको कथा सरल रेखामा बढिरहँदा पाठकमा अब के होला भन्ने हुटहुटी भइरहन्छ । बिहे गर्न ढिलो भइसक्यो भन्ने आमाको चिन्ताका बीच छोरीहरूले कसरी फरक भूगोल र समुदायका दुलाहा रोज्छन् र त्यसलाई अन्तः समाजले कसरी साथ दिन्छ । उपन्यासले नयाँ बहस सिर्जना गराउँछ ।

‘यो पुस्तक लेख्ने जमर्को गर्दा हाम्रो मुलुकको तराई भाग आन्दोलित थियो । मलाई लाग्यो, राजनीतिक समस्या त विभिन्न रूपले सत्ताको द्वन्द्वबाट उब्जिने व्याधि हो । राजनीतिक समस्याको राजनीतिक रूपले नै सधैँ दिगो समाधान निस्कन सक्दैन । एउटै भूगोल र एउटै राष्ट्रियता भएपछि यसको समाधान त बरु सांस्कृतिक रूपले नै दिगो हुन सक्ला । यसैले नै राष्ट्र बलियो पनि बन्छ । यसै कुरामा पत्यार लागेर किताब लेख्न वैचारिक दिशानिर्देश भयो,’ लेखक विजय खरेलले भने ।

२००३ सालमा जन्मिएका खरेल कविता, काव्य, कथा, निबन्ध, एकाङ्कीजस्ता विभिन्न विधामा कलम चलाउँछन् । उनले २०६४ सालदेखि लेखन कार्य सुरु गरेको हुन् । हालसम्म उनका १० भन्दा बढी कृति प्रकाशित छन् । वी रिडले प्रकाशन गरेको २१६ पृष्ठको उपन्यासको मूल्य ४७५ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ०४ बजे

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा