‘योजना अनुसार सोचिएका चरित्रहरु होइनन्’ « Khabarhub

‘योजना अनुसार सोचिएका चरित्रहरु होइनन्’


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेनुका प्रधान नेपाली फिल्मकी अब्बल कलाकार मध्येकी एक हुन् । उनले पाउने भूमिकालाई जीवन्त बनाउन सक्ने खुबी नै उनको सफलताको मानक हो।

थियटर हुँदै फिल्ममा समेत सफल भएकी मेनुका विशेषत क्यारेक्टरको रुपमा अगाडि आउने गर्छिन् ।  उनले आफूले पाउने हरेक भूमिकालाई ‘नाई’ नभनी निभाउने गरेकी छिन् । उनले आफ्नो उमेरभन्दा बढीको भूमिका पनि सहजै गर्छिन् ।

फिल्म ‘पुरानो डुङ्गा’ मा माओत्से गुरुङ्गको श्रीमतीको भूमिकामा नयाँ गरेपछि उनलाई उमेर भन्दा बढीको क्यारेक्टरको लागि पनि प्रस्ताव आयो । यी मध्येको एक फिल्म हो ‘पानीफोटो’ ।

फिल्ममा उनी अनुप बरालकी श्रीमतीको भूमिकामा छिन् । उमेरले आफू भन्दा करिब दोब्बर उमेरको अनुपसँग काम गर्न उनले चरित्र हेरिन् । माओवादी  द्वन्द्वको समयमा आफ्नो बेपत्ता भएको छोरालाई खोजिरहेको आमाको भूमिकामा मेनुका छिन् ।

आफ्नो हराइरहेको छोराको क्रिया समेत नगरी आउने आसमा रहेको दम्पती माओवादी शान्ति प्रक्रियामा आएपछि खोजि मै निस्किन्छन् । आफ्नो छोरा बेपत्ता हुँदा सँगै देखिएका व्यक्तिसँगै विभिन्न स्थानमा पुगेर खोजी गर्छन् । उनीहरूले छोरा भेट्छन् ? या भेट्दैनन् ? यो थाहा पाउन त फिल्म नै हेर्नु पर्छ । तर , सार्वजनिक ट्रेलरमा हेर्दा उनी कतै असहज छैनन् ।

‘मैले पाउने भूमिकालाई हेर्छु। त्यसलाई न्याय गर्ने कोसिस हुन्छ । अरू त त्यस्तो सोचेकी छैन’ आफूभन्दा बढी उमेर समुहमा देखिनुको कारण बारे उनले बताइन ।

निकै कम बोल्ने मेनुकाले थियटरकै कलाकारहरुसँग काम गर्न सहज हुने बताउँछिन् । उनले यी अब योजना अनुरूप नभएको समेत बताइन् । ‘सबै योजना अनुसार होइनन्, काम गर्ने सिलसिलामा निर्वाह गरिएका चरित्रहरू हुन्, मैले पाएको भूमिकालाई विभिन्न पाटो मार्फत एक्सप्रेस गर्ने गरेकी छु’ मेनुकाले भनिन् ।

माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा-आमाको कथालाई देखाइएको फिल्ममार्फत अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यु गर्दैछन्।

आफैले लेखेको नाटकलाई उनले फिल्मको स्वरूप दिएका हुन् । फिल्ममा उनी पनि छन् । तर , उनले कलाकारभन्दा पनि निर्देशकीय दायित्वलाई बहन गरेका छन् ।

उनले निर्देशनमा डेब्यु गरेको ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो ।

फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई  ‘भर्सटायल अभिनेता’ को रुपमा परिचित गराइसकेका खगेन्द्र निर्देशित फिल्म ‘पानीफोटो’ साउन १३ मा रिलिज हुँदैछ । फिल्मको छायांकन काठमाडौँसँगै बर्दिया, रोल्पा र स्याङ्जा गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : १२ बजे

बैतडी र बाजुरामा मतदान जारी

बैतडी– बैतडी र बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन बिहान ७ः०० बजेदेखि

फिल्म ‘लालिमा’मा अभिनय गरेका दुई नायिकाको फरक अनुभव

काठमाडौं – फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’मा अभिनय गरेका

प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वर कारागारमा

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले मतदान गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा

हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

सिमकोट–  हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको