‘काम गर्ने सोच थिएन’ « Khabarhub

‘काम गर्ने सोच थिएन’


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनुप बराल निर्देशित फिल्म ‘दोख’ केही समय अगाडी मात्र रिलिज भयो । फिल्ममा अनुपले अभिनय गरेनन् । उनले निर्देशनको पाटोलाई मात्र सम्हाले । किनकि उनले अभिनय नगर्ने सोच बनाएका थिए । यद्यपि उनकै मुख्य भूमिका रहेको अभिनेता खगेन्द्र लामिछानेको निर्देशकीय डेब्यु फिल्म ‘पानीफोटो’ आउँदो साउन १३ मा रिलिज हुँदैछ । ‘म अभिनय नगर्ने सोचमा थिएँ । खगेन्द्रले भनेकोले एउटा सानो भूमिका गर्न सहमत भएको हुँ । यद्यपि अन्तिम समयमा लिड कास्ट नै म भए’ उनले भने ।

अनुपले खगेन्द्रको पिताको भूमिका निर्वाह गर्न लागेका थिए । तर , मुख्य भूमिकामा रहेका सुनिल पोखरेलले अभिनय नगर्ने भएपछि अनुपले उक्त भूमिका निर्वाह गरेका हुन् । ‘अन्तिम समयमा मैले गरेको आग्रहलाई मान्नु भयो , कृतज्ञ छु’ खगेन्द्रले भने । अनुपले पनि फिल्मको काम सजिलै सम्पन्न भएको बताए । ‘कहिले काहीँ फिल्म बनाउँदै गर्दा आपसी विवाद समेत आउने गरेको छ । तर यसमा केही भएन । आरामले काम सकाइयो । किनकि हाम्रो एकै प्रकृतिको स्वभाव थियो । यसले कामलाई सहज बनायो’ अनुपले भने ।

खगेन्द्रले पनि अनुपलाई गुरुको रूपमा सम्मान गर्ने भएता पनि काममा आफू निर्देशकको रूपमा रहेको बताए । ‘म निर्देशकको रूपमा कसरी काम गर्छु होला भन्ने त लाग्थ्यो । तर अनुप दाइसँगै सबैको सहयोगले मैँले काम सकाएँ । उहाँ कलाकार मात्र भइदिँदा मलाई झनै सहज भयो’ खगेन्द्रले भने । अनुप र मेनुका प्रधानले फिल्ममा दम्पतीको भूमिका निर्वाह गरेका छन् । माओवादी  द्वन्द्वको समयमा आफ्नो बेपत्ता भएको छोरालाई खोजिरहेको दम्पतीको भूमिकामा उनीहरूले निर्वाह गरेका छन्।आफ्नो हराइरहेको छोराको क्रिया समेत नगरी आउने आसमा रहेको दम्पती माओवादी शान्ति प्रक्रियामा आएपछि खोजीमै निस्किन्छन् । आफ्नो छोरा बेपत्ता हुँदा सँगै देखिएका व्यक्तिसँगै विभिन्न स्थानमा पुगेर खोजी गर्छन् ।  उनीहरूले छोरा भेट्छन् ? या भेट्दैनन् ? यो थाहा पाउन त फिल्म नै हेर्नु पर्छ ।

फिल्म मार्फत अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यु गर्दैछन्। आफैँ लिखित नाटकलाई उनले फिल्मको स्वरूप दिएका हुन् । फिल्ममा उनी पनि छन्। तर, उनले कलाकार भन्दा पनि निर्देशकीय दायित्वलाई बहन गरेका छन् । उनले निर्देशनमा डेब्यु गरेको ‘पानीफोटो’ दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको फिल्म हो । फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

टलकजंग भर्सेस टुल्के मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले पशुपति प्रसाद, धनपति हुँदै डमरुको डण्डीवियोसम्म आइपुग्दा आफूलाई  ‘भर्सटायल अभिनेता’ को रूपमा परिचित गराइसकेका खगेन्द्र निर्देशित फिल्म ‘पानीफोटो’ साउन १३ मा रिलिज हुँदैछ । फिल्मको छायांकन काठमाडौँसँगै बर्दिया, रोल्पा र स्याङ्जा गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : २३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।