शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको झलनाथ खनालको भनाइ « Khabarhub

शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको झलनाथ खनालको भनाइ


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको बताएका छन् । फोकस नेपालले २०९ औँ भानुजयन्ती एवं गुरुपूर्णिमाका अवसरमा आज आयोजना गरेको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती विषयक अन्तरक्रिया तथा सम्मान’ कार्यक्रममा उहाँले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको बताएका हुन् ।

“संविधानले निर्देश गरेबमोजिम नेपालको शिक्षा क्षेत्रमा जुन किसिमले विकास हुनुपर्ने हो त्यो हुनसकेको छैन, यो नेपालको शिक्षा क्षेत्रका लागि विडम्बना हो, शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो छ”, उनले भने ।

पूर्वप्रधानमन्त्री खनालले तीनवटा विषयमा डिग्री गरेका व्यक्तिले समेत रोजगारी प्राप्त गर्न नसकेको गुनासो गरे । उजले अहिलेको साक्षरताले आगामी बाटो तय गर्न नसक्ने भन्दै नैतिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई जोड दिनुपर्ने बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षामा समयसापेक्ष विकास हुनुपर्ने बताए । “देशको विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ”, उनले भने । राज्यमन्त्री श्रेष्ठले प्राविधिक शिक्षा अबको आवश्यकता भएको उल्लेख गरे । उनले शिक्षा र स्वास्थ्य क्षेत्र देशमा राम्रो हुनुपर्छ भनेर आफूले निरन्तर संसद्मा कुरा उठाउँदै आएको बताए ।

सोही अवसरमा नेपालको शिक्षा क्षेत्रको विकासमा विशेष योगदान पु¥याएका शैक्षिक संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ८ : ३५ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा