पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी, आठ दमकल र ३० पानी ट्याङ्कर प्रयोग | Khabarhub Khabarhub

पाँच घण्टामा नियन्त्रणमा आयो भृकुटीमण्डपको आगलागी, आठ दमकल र ३० पानी ट्याङ्कर प्रयोग


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२९ भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को गोदाम घर र राष्ट्रिय अपाङ्ग कोषको कृत्रिम मानव अङ्ग राखिएको गोदाम घरमा आज भएको आगलागी पाँच घण्टामा नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अपराह्न २ः३० बजेको समयमा लागेको आगो साँझ ७ः१५ बजे पूर्ण नियन्त्रणमा लिइएको हो ।

आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाबाट (जुद्ध बारुणयन्त्र) को एक, बौद्ध रामहिटीको एक, ललितपुर महानगरपालिकाको एक, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको दुई, त्रिभुवन विमानस्थलको एक र नेपाल प्रहरीको वाटर क्याननसहित आठ वटा दमकल र ३० पानी ट्याङ्करको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षकसहित सिंहदरबार, मालीगाउँ, नगर प्रहरी, ट्राफिक प्रहरी, विपद् व्यवस्थापन महाशाखाको टोलीसहित १२० प्रहरी परिचालन भएका थिए ।

यस्तै नेपाली सेनाबाट करिब १०० जना, सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरी गुल्म बाघ भैरवबाट करिब ६० सुरक्षाकर्मीसमेत परिचालित भएको जनाइएको छ । काठमाडौँ महानगरपालिकाबाट ३० नगर प्रहरी परिचालित भएका थिए ।

उक्त आगलागीबाट कुनै पनि मानवीय क्षति नभएको र करोडौँको भौतिक सम्पत्ति क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेको छैन । आगलागीका कारणसमेत नखुलेकाले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : ३२ बजे

कैलालीबाट १२ जना जुवाडे पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित न्यु लामिछाने कन्ट्रक्सनभित्र जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१

७७ प्रतिशत नाघ्यो बजेट खर्च, पुँजीगत आधाभन्दा कम

काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बारबर्दिया नगरपालिका-१० बैदी डेरा

अमेरिकाले बम हान्नु तीन दिनअघि इरानको मुख्य परमाणु केन्द्रमा पुगेका थिए सयौँ ट्रक र बुल्डोजर

तेहरान-अमेरिकाले इरानको फोर्डो परमाणु केन्द्रमा हमला गर्नुअघि उक्त स्थानमा कयौँ

इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम– अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा