सात फोटोको सेरोफेरो [फोटोफिचर] « Khabarhub

फूर्सदको शनिबार

सात फोटोको सेरोफेरो [फोटोफिचर]



काठमाडौँ : आज शनिबार । साताको बिदाको दिन विभिन्न ठाउँ घुमेर फूर्सद मनाउने दिन । त्यसमाथि हप्ताभरीको थकान मेट्ने काम पनि शनिबार नै हुन्छ । घुम्ने विकल्प र ठाउँहरु छन् । त्यसमाथि केही उपयुक्त गन्तव्यका फोटो हामी तपाईलाई पस्किदैछौँ ।

काठमाडौँ उपत्यका आसपासदेखि उपत्यका वरपरका जिल्लामा घुम्ने धेरै गन्तव्य छन् । घुम्ने कुरा मात्रै होइन, हिड्दै जाँदा, गन्तव्यमा अनेक दृश्य देखिन्छन् । जुन दृश्य केवल दृश्य हुँदैनन् । आम मानिसको ध्यान तान्ने खालका परिदृश्य हुन्छन् ।

काठमाडौँ उपत्यकाभित्रकै मानिसहरुको आम दैनिकी र उपत्यका वरपर जाँदा देखिएको केही दृश्य हामी तपाईलाई देखाउँदैछौँ । जसमा काठमाडौँ, ललितपुर, भक्तपुरदेखि चितवनसम्मको यात्रामा भेटिएका केही दृश्य यहाँ प्रस्तुत गरिएको छ ।

यो चितवनबाट देवभाट जाँदा त्रिशुली नदीमाथि देखिने झोलुंगे पुल नजिकको दृश्य हो । बिहान उदाउँदो सूर्य र बेलूकी अस्ताउँदो सूर्यको बेला यो दृश्य मनमोहक देखिने गरेको छ ।

यो एकजोडी परेवाको दृश्य नवलपरासीको कालिका मन्दिरको हो । मन्दिरमा मन शान्ति र ग्रह दशा काट्नका लागि कतिपयले जोडी परेवा दान दक्षिणा दिएर उडाउँछन् । 

रसुवाको गोसाईकुण्ड । जसको नाम नै काफी छ । अग्लो पहाड र गहिरो ठाउँको तालमेल मिलाएर अवस्थित यो तालको आफ्नै विशेषता र सुन्दरता छ । जनैपूर्णिमाको दिन यो तालमा विशेष मेला लाग्ने गर्छ ।

चितवन राष्ट्रिय निकुञ्ज गैँडा पाइने ठाउँका रुपमा परिचित छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने अधिकांश पर्यटक गैँडा हेर्ने गर्छन् । यो जोडी गैँडा गर्मीमा खोलामा डुबुल्की मार्दै आफ्नो थकान मेटिरहेका छन् ।

काठमाडौँ उपत्यकाभित्र बौद्ध एउटा विशेष गन्तव्य हो । खासगरि बिहान वा बेलूकी त्यसमा पनि बत्ती बालेको बेला बौद्ध परिसर मान्छेले भरिभराउ हुन्छ । बेलूकीपख बौद्ध परिसर वरपरका रेन्टुरेन्टमा चिया खाँदै बौद्धको फोटो खिच्नेको भीडभाड नै हुन्छ ।

भक्तपुर शिल्पकारले भरिएको ठाउँ हो । जहाँ धेरै शिल्पकारले आ–आफ्नो सीप र क्षमताअनुसारको सामग्री बनाउँछन् । यो चाँही एक जना शिल्पकारले माटोको भाँडा बनाउँदै गरेको दृश्य हो ।

 

सबै फोटो : शसिन्द्र गौतम

 

 

 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ५९ बजे

एट्लेटिको फ्यानकै हुटिङपछि अल्भारेजको भविष्यमा नयाँ मोड, विकल्प बार्सिलोना कि आर्सनल ?

मड्रिड- स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार स्ट्राइकर जुलियन अल्भारेज आफ्नै

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा