युवा व्यवसायीले दश ठाउँमा हरेश खानुपर्ने बाध्यता छ | Khabarhub Khabarhub

खजुरीको ब्राण्ड

युवा व्यवसायीले दश ठाउँमा हरेश खानुपर्ने बाध्यता छ

‘सफल हुन मेहनत गर्नुपर्छ, मेहनत गर्दै जाँदा धैर्यता पनि चाहिन्छ’


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाल बजारमा चियासँगै भोक मेटाइदिने उत्पादन ‘खजुरीको’ चर्चामा छ । चियासँगै खान मिल्ने र नेपाली उत्पादन भएकाले पनि खजुरीको चर्चा र सफलता दुवै अग्रसर छ । यो अग्रसरताले नेपाली बजारमा आफ्नै उत्पादनले पनि राम्रो मूल्य पाउँछ भन्ने उदाहरण दिएको छ । नेपाली ब्राण्ड अन्तर्गत खबहबका लागि सुभास प्रधानले खजुरीको नेपालका संस्थापक प्रमुख जगन्नाथ महर्जनसँग गरेको कुराकानीको सम्पादित अंशः

खजुरीको ब्राण्ड सबैले मन पराउनु भएको छ, यसमा कस्तो महसुस गर्नु भएको छ ?
जसले बिहान सबेरै खजुरीको प्रडक्टलाई मन पराइदिनु भयो । जसले यो उपभोग गर्नु भएको छ । उहाँहरू सबैलाई खजुरीको नेपालको तर्फबाट धेरै धन्यवाद । सधैँ यसरी नै मन पराइदिनुहोस् भन्न चाहन्छु ।

एउटा युवा भएर नेपालमा नै केही गर्छु भन्ने सोच कसरी आयो ?
पहिलेको र अहिलेको परिवेश फरक छ । २०४१ सालतिर एउटा गाउँमा सानो लगानीबाट सुरु भएको पारिवारिक बिजनेस हो । त्यति बेला युवाहरू बाहिर जाने समस्या थिएन । यो समस्या २०५० सालपछि आएको हो । त्यो बेला सबैमा नेपालमा नै केही गर्नु पर्दछ भन्ने सोच थियो । मेरो बुबाले सानो लगानीबाट सुरु गर्नु भएको यो २०५२ सालमा हामीले गरेको हो । मैले यो परिवारबाट नै सिकेको हो । मेरो प्रेरणाको स्रोत भनेको बाबा आमा नै हो ।

आर्थिक रूपमा बैक र वित्तीय संस्थाहरूबाट कस्तो सहयोग पाउनु भएको छ ?
मैले बिजनेस सुरु गर्दा नेपालमा प्राइभेट बैंकहरु धेरै थिएनन् । त्यही चार पाँच वटा थिए होलान् । सरकारी मात्र थिए । तर त्यसमा पनि हामी सानो मान्छे, त्यहाँ पुग्न पनि सबैलाई ढोगेर लिँदा पनि २० प्रतिशत गरी ब्याज तिरेर ऋण प्राप्त गर्न बैंकको चाकरी गर्नुपथ्र्यो । अहिले ऋण लिँदा लिँदा ८ प्रतिशत ब्याज छ भने हामीले तिर्ने बेलामा १२ प्रतिशत पुग्छ । । त्यसमा बैंकको पनि आफ्नै व्यथा होला । यो त सरकारले नीति बनाउनु पर्यो । बिजनेस गर्नेको लागि यति लगानी भनेर भन्नु पर्यो । धनी मानिसहरू आफ्नो भएको पैसा बैंकमा राख्ने र मज्जाले ८ प्रतिशत जति व्याज खाएर बस्ने । यो सिस्टम धेरै थियो । बैंकले पनि गाडीहरु किन्न घर जग्गा किन्न सहजै ऋण दिन्छ । तर बिजनेसको लागि दिन गाह्रो मान्छ ।

सरकार नीति बनाएर नेपाली उत्पादनलाई विश्वव्यापीकरण गराउन पनि एउटा कमिसन एजेन्टको रुपमा बसेको हो त ?
विकसित देशहरूमा एउटा जिरो प्रतिशत एउटा उद्योगकर्ताले लोन लिँदा २५ वर्षको लागि लोन लिन्छ । प्रोजेक्ट कोल्याब्रेट हँुदैन । तर नेपालमा त्यही ठाउँमा लोन लिन गयो भने प्रोजेक्ट कोल्याब्रेट भएर व्यक्तिगत ग्यारेन्टीका साथ ३ देखि ५ बर्षको लागि १२ प्रतिशत सम्मको ब्याज साथमा दिन्छ । त्यसैले कसैले बिजनेस गर्यो भने ५ वर्ष जति त स्थापना गर्न नै लाग्छ । तर नेपालमा ३ वर्षमा त लोन नै तिरिसक्नु पर्दछ । एउटा युवाले म बिजनेस गर्छु भन्छ भने पहिला त आर्थिक व्यवस्थापन गर्नु पर्दछ । उसले आफ्नो बिजनेस दर्ता गर्न १० ठाउँमा जाँदा नै उसले हरेस खाएको हुन्छ । त्यति गरेर पनि त्यसमा धेरै झन्झट छन् । त्यसलाई सरकारले सहज गराइदिनु पर्यो । त्यो भएन भने की चुपचाप लागेर बस्नुपर्छ । कि त बाहिर जानुपर्छ ।

सरकारले युवालाई जसरी प्रोत्साहन गर्नु पर्ने हो । त्यो भएको छैन । यसमा सरकार र सरोकारवाला कहाँ चुकेका छन् त ?
नेपालमा ४६ साल पछाडि प्रजातन्त्र पुनर्वहाली भयो भनेर भनेका छन् । त्यसपछि राजनीतिक स्वतन्त्रता भयो । यसबाट नेपालीले धेरै स्वतन्त्रता पाए । मेहनत गर्न सिकेनन् । मेहनतको ठाउँमा मेहनत नगर्ने काम सिके । त्यसैले अब देशमा आर्थिक क्रान्ति गर्नु पर्यो । जुनै पनि देशले राजनीतिक क्रान्तिपछि आर्थिक क्रान्ति गर्नु पर्दछ । तब मात्र युवा विदेश पलायन हुँदैनन् । अब हामीले अर्थतन्त्रमा विकास गर्नु पर्दछ भनेर राजनीतिक दलहरूले अगाडि बढ्नु पथ्र्यो । तर त्यो भएन । २०४६ साल पछि नेपालका ठुला–ठुला उद्योगहरू बन्द भए । किन भने त्यहाँ राजनीति घुसाइयो । कुनै पनि राजनीतिक दलले उत्पादनलाई पहिलो प्राथमिकतामा नराखेर स्वतन्त्रता र राजनीतिलाई मात्र प्राथमिकता दिने भए । त्यस पछि उत्पादन कसरी बढ्छ ? विगतको ३० वर्षमा कुनै ठुला उद्योगहरू सञ्चालन नै भएनन् । यो कुरा मौखिक रूपले मात्र अगाडि बढाइयो । तर व्यवहारमा ल्याइएन । सरकारमा बसेका व्यतिहरुले उद्यमी उद्योगलाई पहिलो प्राथमिकतामा नै राख्न सक्नु भएन । जस्तो पत्रकारितालाई राज्यको चौथो अंग भनिएको छ । तर उद्योगलाई केही नाम स्थान नै दिएको छैन । त्यसैले युवाहरूमा जोस र जाँगर छ । तर त्यसलाई राज्यले स्थान नै दिएन । परिवार त पाल्नु पर्यो । त्यसैले देशमा केही नभए पनि विदेश पलायन हुन बाध्य भएको युवाहरु धेरै छन् ।

उद्योग, व्यापार र व्यवसायमा आउन चाहने युवाहरुलाई के भन्न चाहनुहुन्छ ?
नेपाल प्रकृतिले नै भरिपूर्ण देश हो । कस्तो कस्तो मरुभूमि जस्तो देशमा पनि खेती गरेका छन् । तर हाम्रो हाम्रो प्रकृतिले नै कृषियोग्य जमिन दिएको छ । तर हाम्रोमा त्यसलाई सही रूपले सदुपयोग गर्न सकिएको छैन । आज भन्दा २५ वर्ष अगाडि दाल र चामल बाहिर बेच्थ्यौँ । तर अहिले बाहिरबाट ल्याउनु पर्ने भएको छ । ल्याएको पनि छ । हुँदा हुँदा माघे संक्रान्तिमा खाने घिउ चाकु तरुल पनि बाहिरबाट ल्याउनु पर्दछ । यो देशमा धेरै अवसर छन् । तर सफल हुनका लागि धेरै समय लाग्छ । त्यसैले मेहनत गरेपछि मात्र सफलता पाइन्छ । धैर्य गर्नुपर्छ । बाहिर गएर कमाएर ल्याएको पैसो कति दिन खाने ? बुढेसकालमा के गर्ने ? त्यसैले नेपालमा नै मेहनत गर्नुहोस् भन्न चाहन्छु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ११ : ०६ बजे

सातजना प्रहरी अधिकृत दर्ज्यानी चिह्नबाट सुशोभित

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी

रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री

फुटबलमा उदाएका ब्राजिलियन जुनियर : जो ५० किलोमिटर बस चढेर प्रशिक्षणमा पुग्थे

रियल म्याड्रिडका लागि खेल्ने ब्राजिलियन सुपर स्टार भिन्सियस जुनियरले २४

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सुनसरीको बराहक्षेत्रबाट ९७ किलो गाँजा बरामद

काठमाडौं – सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट ९७ किलो