उम्मेदवार मनोनयनको जिम्मेवारी देउवालाई, दल दर्ता पौडेलले गर्ने « Khabarhub

उम्मेदवार मनोनयनको जिम्मेवारी देउवालाई, दल दर्ता पौडेलले गर्ने


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।

आजको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । दल दर्ताको जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय भएको छ।

निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि भने पार्टी सभापति  शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

यसअघि आगामी भदौ २ गतेदेखि गर्ने भनिएको निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ११ : ४६ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ