उम्मेदवार मनोनयनको जिम्मेवारी देउवालाई, दल दर्ता पौडेलले गर्ने « Khabarhub

उम्मेदवार मनोनयनको जिम्मेवारी देउवालाई, दल दर्ता पौडेलले गर्ने


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।

आजको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । दल दर्ताको जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय भएको छ।

निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई ‘उम्मेदवार मनोनयनको औपचारिक पत्र’ प्रदान गर्नका लागि भने पार्टी सभापति  शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

यसअघि आगामी भदौ २ गतेदेखि गर्ने भनिएको निर्वाचन केन्द्रीत राष्ट्रव्यापी अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ११ : ४६ बजे

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन