पहिरो नियन्त्रणका लागि डिपिआर तयार « Khabarhub

पहिरो नियन्त्रणका लागि डिपिआर तयार


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)  तयार गरिएको छ । भू-तथा जलाधार संरक्षण कार्यालयले पहिरो नियन्त्रण योजना सञ्चालनका लागि डिपिआर तयार पारेको हो । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले रु दुई करोड ३४ लाखको लागत अनुमानसहित डिपिआर तयार गरिएको जानकारी दिए ।

‘भू-गर्भविद्हरुको टोलीले चार चरणमा स्थलगत अध्ययन गरेर तयार पारेको डिपिआर यसै वर्षदेखि कार्यान्वयन गर्दैछौँ’, उनले भने, ‘आकस्मिक भू-तथा पहिरो नियन्त्रण कार्यक्रममार्फत राहुघाटको पहिरो रोकथाम गर्ने योजना छ ।’ नाली बनाएर भल व्यवस्थापन गर्ने, गल्छी संरक्षण र वृक्षरोपण गरेर बायो इञ्जिनीयरिङ गरिने अधिकृत मिश्रले बताए । राहुघाट सल्लेरी वनको पाखोबाट खस्ने पहिराका कारण ३० घरधुरीको बसोबास रहेको राहुघाट बस्ती जोखिममा परेको स्थानीय लक्ष्मण चालिसेले जानकारी दिए ।

यो पहिराका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा सवारी साधन आवतजावतमा समस्या भएको छ । गलेश्वर-पिप्ले-भगवती- बग्न थालेको थियो । 

कमजोर भू-धरातल भएको पाखोमा डोजर चलाएर सडक खनिएको  मूलको पानीले भेल आएको र नजिकै राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणका लागि  विस्फोटक पदार्थ पड्काउँदा भएको कम्पनले पहिरो आएको थियो  । एक वटा घर पहिराले भत्किएको छ । बर्खामा ठूलो पानी पर्दा राहुघाटका बासिन्दा गलेश्वर, घुमाउने ताल, तिल्लेनी र गायत्री मन्दिरमा गएर सुत्ने गरेका छन् । पहिरो गएपछि गलेश्वर-पिप्ले खण्डको करिब तीन किलोमिटर सडक निर्माण रोकेर घुमाउनेताल-पिप्ले वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १२ : ४० बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता