इजरायलबाट फर्केर कृषि व्यवसायमा सफलता | Khabarhub Khabarhub

कृषि कर्म

इजरायलबाट फर्केर कृषि व्यवसायमा सफलता

‘विनाधितो १० वर्षसम्म ऋण दिए युवालाई विदेश जानबाट रोक्न सकिन्छ’



आठ वर्ष इजरायल बसेर नेपाल फर्केपछि केही गरौँ भन्ने लाग्यो । इजरायल कृषिमा बहचर्चित भएकाले कृषि व्यवसाय र रोजगारी तथा आम्दानीको बारेमा राम्रो सिकाई पनि भयो ।

त्यहाँ सिकेको सीप र अनुभवलाई सगांल्दै नेपालमा नै केही गर्नुपर्छ भन्ने सोच आइरहेकै थियो । जसका कारण विगत ९ वर्षदेखि काठमाडौैको गोकर्णेश्वर वडा न १ र २ मा जग्गा लिजमा लिएर सालाका अर्गानिक फार्म सञ्चालन गर्ने निर्णय लिएँ ।

९ वर्षअघि सुरु गरेको गाई फार्ममा अहिले १ सय ५० भन्दा धेरै गाई पालेका छौँ । जसबाट हामीले दुध काठमाडौैको विभिन्न ठाउँमा डेलिभरी गरिरहेको छौँ । यद्यपि सरकारले ल्याएको जग्गा वर्गीकरणको विषयमा राज्यले थोरै ध्यान दिनु जरुरी देखिन्छ । जसले गर्दा कृषि योग्य जमिनको संरक्षण हुन्छ जस्तो लाग्छ ।

नेपालमा फार्म सञ्चालन गर्नुभन्दा अगाडि ८ वर्ष इजरायलमा पनि कृषि पेशामा काम गर्थे । त्यहाँको कृषि पद्धती नेपालको भन्दा धेरै नै भिन्नता छ । त्यहाँ ८ वर्ष रोजगारीका लागि कृषि पेशामा आबद्ध भए ।

८ वर्षको इजरायलको बसाईपछि नेपाल आउँदा अब चाँही आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच आयो । जसका कारण फर्केर गइन् । नेपालमा हामी परम्परागत हिसाबले कृषि प्रणालीमा लागेका छौँ । इजरायलमा भने कृषि क्षेत्रमा आधुनिकरण प्रणाली लगाइन्छ ।

जसका कारण कृषि क्षेत्रमा त्यहाँ उल्लेखीय विकास भएको मान्छु । नेपालमा ७० देखि ८० प्रतिशत जनसंख्या कृषिमा लागेको भन्छौँ । तर पनिनगण्यमात्रामा आयात बाहिरबाट भइरहेको छ । इजरायलमा ८ प्रतिशत मानिस कृषिमा लागेको भएपनि त्यहाँको कुल जनसंख्याको ८० प्रतिशतलाई धानिरहेको छ भन्ने सुन्दा अचम्म लाग्छ । तर यसले पनि त नेपालको कृषि पद्धती कस्तो छ भनेर छर्लंग देखाउँछ ।

नेपालमा नै अब केही गर्नुपर्छ भन्ने सोचेर आफुले जोहो गरेको केही रकमबाट काठमाडाँैैको गोकर्णेश्वरस्थित वडा न १ र २ मा जग्गा लिजमा लिएर सालाका अर्गानिक फार्म सञ्चालन गरेको हुँ ।

सुरुवाती चुनौति र संघर्ष
सुरुमा त केही चुनौती थियो । फार्म सञ्चालन गर्दा कसरी अगाडि बढ्ने भन्ने विषयमा तरकारी खेती लाउने सोचेँ । जसमा मैले टनेल खेतीलाई प्राथमिकतामा राखेर कृषि पेशालाई अगाडि बढाए । सुरुमा केही घाटा खाएँ ।

आफुले पूरा समय दिएर लाग्नुपर्ने । मलको अभाव त्यत्तिकै । जसका कारण सुरुमा केही समस्या भोग्नुपर्यो । लिजमा जग्गा लिएर अहिले मैले मेरो फार्ममा मौसम अनुसार कृषि खेतीका साथै प्रांगारिक मल बनाउनतिर बढी केन्द्रित भएको छु । मेरो डेरी फार्ममा बढी ध्यान केन्द्रित गरेको छु ।

१५० भन्दा गाईबाट दुध दोहेर काठमाडौँका विभिन्न ठाउँमा हाम्रो ग्राहक छन् । उहाँहरुलाई घरमा नै पुर्याउने व्यवस्था गरेका छौँ । जतिपनि हामीसगँ ग्राहक हुनुहुन्छ, उहाँहरु एकदम सन्तृष्ट नै हुनुहुन्छ जस्तो लाग्छ । त्यो नै मैले कमाएको आम्दानी हो जस्तो लाग्छ । जसले गर्दा हाम्रो बजारको अवस्था राम्रै छ भनौँ ।

आफ्नै दाना फ्याक्ट्री, घाँस खेती र दुध बिक्रीबाट आम्दानी
यस्तै विभिन्न आउटलेटमार्फत हामीले दुध बौद्ध, कपनका आउटलेटमा पनि पुर्याउने गरेका छौँ । गाईलाई स्याहार्न केही गाह्रो भएपनि नयाँ प्रविधि अपनाएका छौँ । दुध दुहुने प्रविधिको प्रयोग गरेका छौँ । जसले गर्दा केही सहज भएको छ भनौँ । उनीहरुलाई दानापानी दिनको लागि ८३ रोपनी जग्गामा घाँस खेती लगाएका छौँ ।

हाम्रो आफ्नै दाना फ्याक्ट्री छ । तर फाइदा चाही हामीलाई घासँ खेती लगाउँदा भएको छ । किनभने गाईलाई चाहिएको जति घाँस उपलब्ध गराउँदा दुध पनि बढी दिन्छ । त्यस्तै गाईहरु बिरामी हुने सम्भावना पनि कम हुन्छ ।

यस्तै व्यवस्थापन गर्न परिवारको सदस्य नै लागि परेका छौँ । प्रांगारिक मल बनाउने ठाउँमा स्टाफ राखेका छौँ । प्रांगारिक मलहरु हामीले बनाइरहेको छौँ । गड्यौलाले खाएको मललाई हामीले छानेर मल बनाएका छौँ । कम्पोष्ट मल हामीले नि प्रयोग गरिरहेका छौँ भने बजारमा पनि उपलब्ध गराइरहेका छौँ ।

यता कहिले तरकारी खेती लगाउँदा घाटा भएको अवस्थामा ऋण लिएर अगाडि बढ्नुपर्ने अवस्था पनि आउँछ । निरन्तर खटिरहे पनि आत्मनिर्भर हुन केही गाह्रो छ भनौँ । तर पनि कृषिमा लागेर अन्य देशबाट नेपालमा आयात भइरहेको उत्पादनलाई रोक्न धेरै थोरै भएपनि भुमिका खेलेको छौँ । केहीलाई रोजगारीको अवसर दिन सफल भएका छौँ ।

कृषि पेशाको महत्व, आवश्यकता र फाइदा
यो पेशा नाफामुखी त होइन । त्यही पनि हाम्रो जस्तो देशमा परिवारसँगै बसेर काम गर्न पाइन्छ । देशको लागि धेरै थोरै योगदान गर्न पाएका छौँ । हाम्रो नेपालमा कति सरकारी जगाहरु खाली छ । तर भुमाफियाका कारणले त्यसलाई कृषि गर्ने चाहने कृषकको समुहलाई दिनुको सट्टा त्यसमा पनि राजनीतिकरण भइरहेको छ ।

सरकारले जग्गाको वर्गीकरणको नाममा कृषि योग्य जमिनलाई पनि आवासीय जग्गाको रुपमा रुपान्तरण गर्न खोजेको छ । यस्तै हुने हो भने कृषियोग्य जमिन पनि चाडैँ आवासीय भवनमा परिणत भई जताततै शहरीकरणमात्र हुन बेर लाउँदैन ।
अर्कोतिर वर्षेनि नेपालमा अन्य देशबाट बढीरहेको आयातलाई यसले झन बढी प्रश्रय दिने देखिएको छ । सरकारले यसमा अलि विचार पुर्याउनुपर्छ जस्तो लाग्छ ।

कृषि पेशा गर्नेलाई विनाधितो १० वर्षसम्म ऋण दिनुपर्छ
नेपालका कृषि पेशामा आबद्ध हुने चाहनेलाई सरकारले प्रोत्साहन गरिरेहेको देखिएपनि यस्ता नीतिले अप्रत्यक्ष रुपमा निरुसाहित गरेको देखिन्छ । यसले अब आउने पिढीलाई थप कष्टकर हुने देखिन्छ । नेपालमा राज्यले कृषि क्षेत्रको लागि अनुदान दिने गरेको जस्तो मात्र गर्छ ।

अर्को समस्या भनेको हामीले भाडामा लिएको जग्गामा, वर्गीकरणको नाममा घरहरु बनाउने काम भएको छ । त्यो हटाउनुपर्छ । जसले गर्दा कृषकले २० वर्ष कृषि खेती गर्न पायो भने सबैको फाइदा नै हुन्छ ।

त्यस्तै विना धितो र धितोमा किसानलाई ५ वर्ष ऋण उपलब्ध गराउने सरकारको नीति छ । त्यसलाई परिमार्जन गरेर १० वर्ष बनाइदियो भने अरु पनि कृषि पेशामा आउछन् कि जस्तो लाग्छ ।

मेहनत र धैर्यताको परिणाम
सरकारको नीति केही फितलो हुँदा हुदैँ पनि सानोबाट सुरु गरेको फार्म आजको अवस्थामा यसलाई आउटलेटको रुपमा विस्तार गर्न पाएका छाँै । केही हदसँम्म भएपछि सफल भएका छौँ । कृषि पेशा भनेको धैर्यता चाहिन्छ । आज पशुपालनको रुपमा एक सय ५० वटा गाईहरु पालेका छौँ । कृषि पेशामा व्यवस्थापन सबैभन्दा ठुलो हो जस्तो लाग्छ ।

आर्थिक रुपमा पूर्ण रुपमा सबल हुन नसकेपनि केही हदसम्म आत्मसन्तुष्टि भने पक्कै मिलेको छ । देशमा रोजगारीको अवस्था सिर्जना नभएको कारण आज नेपालबाट विदेशिने क्रम बढ्दो छ । सरकारले थप परिमार्जित नीतिको अवलम्बन गरेर युवा शक्तिलाई यही रोक्न आवश्यक देखिन्छ ।

जसले गर्दा अन्य देशबाट आयात हुदैँ वस्तुमा नियन्त्रण होस् र युवा जनशक्तिले पनि देशमा नै योगदान दिन सक्नेछन् । यसमा सरकारको ध्यान जान जरुरी छ ।

(काठमाडौँको गोकर्णेश्वरमा रहेको सालका फार्मका सञ्चालक शेर्पासँग विद्या लामाले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १ : ३६ बजे

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित

लेटाङका किसान कफीखेतीमा आकर्षित

मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका