‘बोगटी धेरै पढेलेखेका नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रो थिए’ « Khabarhub

‘बोगटी धेरै पढेलेखेका नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रो थिए’


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पोस्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए ।

कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने अनुमान गरेकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको बताए । उनले माओवादी नेताकार्यकर्ताले आचरण सुधार गर्न आवश्यक रहेको बताए । उनले भने, ‘व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृत्ति छोड्न आवश्यक त ।’ 

विचार र व्यवहारप्रति नेताहरू धरमराएको उनको भनाइ छ । उनले प्रदेश र संघको निर्वाचन आउँदै गरेको र जनताको आर्कषण माओवादी केन्द्रप्रति व्यापक रहेको उनले बताए । यसलाई जोगाउन उनले आग्रह गरे । साथै, वाम एकताको प्रयास पनि जारी रहेकोले वामपन्थी आन्दोलनबाटै पहिलो पार्टी बन्ने सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘पार्टीलाई एकताबद्ध गर्ने, जनमतलाई जोड्ने संकल्प आजकै कार्यक्रमबाट लिन जरुरी छ ।’

उनले पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानमा आउने नयाँ नेतृत्वले पार्टीले लिएको नीतिलाई अझै अघि बढाउने विश्वास पनि व्यक्त गरे । उनले भने, ‘नयाँ पदाधिकारीले प्रतिष्ठान र पार्टीको नीतिलाई अझै राम्रोसँग अघि बढाउने छ । कमरेड बोगटीको सोचलाई अझै धेरै माथि पुर्‍याउने छ ।’

उनले कार्यक्रममा स्व. बोगटी धेरै पढेलेखेको नभए पनि पार्टीभित्र रहेका धेरै डाक्टर र वैद्यहरूभन्दा राम्रो काम गरेको बताए । उनले भने, ‘ अहिले पार्टीभित्रका नेता कार्यकर्ताको आचरणप्रति धेरैको असन्तुष्टि छ । उनीहरू आत्मकेन्द्रित, स्वार्थ केन्द्रित भएको गुनासो छ । हामीले पनि अनुभव गरिरहेका छौं । तर, आज समाजले अर्को व्यवहार मागिरहेको छ । यो अन्तरविरोधलाई समाधान गर्नुपर्छ ।’ 

स्व. बोगटीको आचरण र व्यवहार सँधै एकनास रहेको उनले सम्झिए । उनले सम्झिए, ‘बोगटीको जीवन र मृत्यु दुवै सरल रह्यो । पार्टी अप्ठ्यारो हुँदा उनी सँधै अघि सर्थे । पार्टीको माथिल्लो तहको अन्तरविरोधलाई पनि समाधान गर्ने अदभूत क्षमता उनका थियो ।’ पार्टीभित्रका डाक्टर र वैद्यहरुलाई समेत मिलाउन सक्ने क्षमता उनमा रहेको उनको भनाइ छ । अहिले उनका यस्ता गुण अझै पनि आवश्यक रहेको उनले बताए । 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  २ : २७ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता