खोटाङमा बाँदरको टोकाइबाट बालक घाइते « Khabarhub

खोटाङमा बाँदरको टोकाइबाट बालक घाइते


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– बाँदरको टोकाइबाट खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ काफ्लेगाउँका १२ वर्षीय नातीकाली कट्वाल घाइते भएका छन् । मकै बारीमा हुल बाँधिएर पसेको बाँदर धपाउने क्रममा कट्वाललाई लाखुले टोकेको हो । बाँदरको टोकाइबाट देब्रे खुट्टाको पिँडुलाको अगाडि र पछाडि गहिरो चोट लागेका कट्वालको टेकु अस्पतालमा उपचार भइरहेको लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले बताए । 

बाँदरको टोकाइबाट सख्त घाइते भएका कट्वालाई जिल्ला अस्पतालले रेफर गरेपछि काठमाडौं लगिएको हो । स्थानीय देबिस्थान सामुदायिक बन आसपासको मकैबारीमा पसेको बाँदर धपाउने क्रममा उनलाई टोकेको हो । धपाउन गएका मान्छेलाई नै बाँदरले टोकेपछि स्थानीय त्रसित छन् । १० स्थानीय तह रहेको खोटाङका अधिकांश ठाउँमा बाँदरको समस्या छ । 

२०७५ फागुनमा बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवार सिकारी ल्याएर लफ्याङको छार्का, लुछिम लगायतका स्थानबाट दर्जनौं बाँदर समातिएको थियो । नगरपालिकाकै आर्थिक सहयोगमा लफ्याङमा ७ फागुन २०७५ देखि ‘बाँदर समाउ’ अभियान थालिएको थियो । तर निकुञ्जमा लैजान भन्दै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानुनी प्रावधानले जटिलता आइपरेको थियो । 

त्यसपछि १ चैत २०७६ मा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका बाँदर पीडित किसानले नगरपालिका समक्ष तारजालीको खोर बनाएर बाँदरलाई थुन्ने व्यवस्थाको माग गरेका थिए । १९ फागुन २०७६ मा दिक्तेलको हेलीप्याडमा भएको भेलाको निर्णय अनुसार किसानले बाँदरलाई खोरमा थुनेर राख्ने व्यवस्थाका लागि नगर समक्ष बजेट माग गरेका थिए । 

यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसानले किसानले बाँदरको समस्या हल गर्न माग गर्दै १ चैत २०७६ मा हलो, जुवा, दाँते र कोदालो सहित र्‍याली प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : ०९ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ