खोटाङमा बाँदरको टोकाइबाट बालक घाइते « Khabarhub

खोटाङमा बाँदरको टोकाइबाट बालक घाइते


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– बाँदरको टोकाइबाट खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ काफ्लेगाउँका १२ वर्षीय नातीकाली कट्वाल घाइते भएका छन् । मकै बारीमा हुल बाँधिएर पसेको बाँदर धपाउने क्रममा कट्वाललाई लाखुले टोकेको हो । बाँदरको टोकाइबाट देब्रे खुट्टाको पिँडुलाको अगाडि र पछाडि गहिरो चोट लागेका कट्वालको टेकु अस्पतालमा उपचार भइरहेको लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले बताए । 

बाँदरको टोकाइबाट सख्त घाइते भएका कट्वालाई जिल्ला अस्पतालले रेफर गरेपछि काठमाडौं लगिएको हो । स्थानीय देबिस्थान सामुदायिक बन आसपासको मकैबारीमा पसेको बाँदर धपाउने क्रममा उनलाई टोकेको हो । धपाउन गएका मान्छेलाई नै बाँदरले टोकेपछि स्थानीय त्रसित छन् । १० स्थानीय तह रहेको खोटाङका अधिकांश ठाउँमा बाँदरको समस्या छ । 

२०७५ फागुनमा बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवार सिकारी ल्याएर लफ्याङको छार्का, लुछिम लगायतका स्थानबाट दर्जनौं बाँदर समातिएको थियो । नगरपालिकाकै आर्थिक सहयोगमा लफ्याङमा ७ फागुन २०७५ देखि ‘बाँदर समाउ’ अभियान थालिएको थियो । तर निकुञ्जमा लैजान भन्दै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानुनी प्रावधानले जटिलता आइपरेको थियो । 

त्यसपछि १ चैत २०७६ मा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका बाँदर पीडित किसानले नगरपालिका समक्ष तारजालीको खोर बनाएर बाँदरलाई थुन्ने व्यवस्थाको माग गरेका थिए । १९ फागुन २०७६ मा दिक्तेलको हेलीप्याडमा भएको भेलाको निर्णय अनुसार किसानले बाँदरलाई खोरमा थुनेर राख्ने व्यवस्थाका लागि नगर समक्ष बजेट माग गरेका थिए । 

यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसानले किसानले बाँदरको समस्या हल गर्न माग गर्दै १ चैत २०७६ मा हलो, जुवा, दाँते र कोदालो सहित र्‍याली प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ६ : ०९ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय