दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियाेसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियाेसहित)


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- आज दिनभर शिक्षाको बिकासका लागि बजेट कम हुन नदिने शिक्षा मन्त्रीकाे प्रतिवद्धता, एमालेलाई बहुमतबाट रोक्न गठबन्धन लागि परेको ओलीको गुनासाे, नेपाली काँग्रेसले निर्वाचन लक्षित राष्ट्रिय अभियान भदौ १० गतेदेखि सुरु गर्ने, नेपालमा थप २६३ जनामा कोरोना संक्रमण, दुईको मृत्यु,  मिटरब्याजी सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितलाई गृहको अनुरोध लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

शिक्षा क्षेत्रको बिकासका लागि बजेट कम हुन नदिने शिक्षा मन्त्रीकाे प्रतिवद्धता
शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षा क्षेत्रको बिकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता जनाएका छन ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको विद्यालय शिक्षा र नजितासम्बन्धी छलफल कार्यक्रममा मन्त्री पौडेलले शिक्षा मन्त्रालयमा प्रयाप्त बजेट बिनियोजन नभएपनि शिक्षा क्षेत्रको बिकासका लागि बजेट कम हुन नदिने प्रतिवद्धता बताका हुन् ।

मन्त्री पौडेलले संघले छुट्टाउने एक नम्बर बजेट शिक्षा कै भएको उल्लेख गरे । उनले सबै मिलेर नेपालको शिक्षा क्षेत्रको गुणस्तर बढाउदै अन्तराष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए ।

तीन बर्षभित्र विद्यालयको भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी गराए । १० बर्षे शिक्षा सुधारको कार्ययोजनालाई कार्यान्वयन गर्न सवै जिम्मेवार भएर लाग्नुपर्ने उनको भनाई छ ।

एमालेलाई बहुमतबाट रोक्न गठबन्धन लागि परेको ओलीको गुनासाे
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्न गठबन्धन लागिपरेको बताएका छन ।

लोकतान्त्रिक शेर्पा संघले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलले नपुगेर आठ दलको गठबन्धन बनाउन दौडधुप चलिरहेको बताएका हुन ।

ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर देशलाई माथि उठाउनका लागि एमालेको सरकार आवश्यक रहेको धारणा राखे । ओलीले लोकतन्त्रमा प्रतिष्पर्धा हुनु स्वभाविक भएपनि अहिलेको गठबन्धन भोट पाउनका लागि सत्रुता गर्न खोजिरहेको तर्क गरे ।

नेताहरूमा खुट्टा तानातानको प्रवृती रहेको प्रचण्डकाे भनाइ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तह निर्वाचनमा पार्टीले ५० भन्दा बढि स्थान गुमाउनुपरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारणसभा कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीका नेताहरुमा बैचारिक बिचालन आएको र पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तहका धेरै सिट गुमाउनुपरेको बताएका हुन ।

उनले संघ र प्रदेशको निर्वाचन आइरहेका बेला पार्टीलाई एकतावद्ध ढंगले अघि बढाए देशको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त हुने धारणा राखे ।

स्वास्थ्य उपचारमा हुने खर्चलाई घटाउनु पर्नेमा कांग्रेस महामन्त्री थापाको जोड
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको स्वास्थ्य उपचारमा हुने खर्चलाई घटाउनुपर्ने बताएका छन् ।

काठमाडौं महानगरपालीका वडा नंव ३० मा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले नागरिकको स्वास्थ्य खर्च घटाएर नेपालको स्वास्थ्य प्रणालीलाई बिकास गर्नुपर्ने बताएका हुन्।

उनले संविधानमा आधारभूत स्वास्थ्य सेवा निशुल्क हुने भनिएपनि आधारभूत स्वास्थ्य सेवा कहाँ प्रदान हुन्छ भन्ने अन्यौल नै रहेको बताए ।

नेपाली काँग्रेसले निर्वाचन लक्षित राष्ट्रिय अभियान भदौ १० गतेदेखि सुरु गर्ने
नेपाली काँग्रेसले मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचन लक्षित राष्ट्रिय अभियान भदौ १० गतेदेखि सुरु गर्ने भएको छ ।

शनिबार काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि भदौ २ गतेदेखि गर्ने भनिएको निर्वाचनलक्षित राष्ट्रिय अभियान भदौ १० गतेदेखि २४ गतेसम्म गर्ने निर्णय गरेको काँग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

यस्तै बैठकले निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय समेत गरेको आङ्देम्बेले बताए ।

देशलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट निकाल्नुर्ने राजेन्द्र लिङ्देनको ठोकुवा
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टको चक्रव्युबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र कम्युनिष्टका कारण मुलुक बबार्दीतर्फ गईरहेको भन्दै उनीहरुको चक्रव्युबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका हुन ।

नेपालमा थप २६३ जनामा कोरोना संक्रमण, दुईको मृत्यु
पछिल्लो २४ घन्टामा देशभर २ सय ६३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार १६५ जनामा गरिएको परीक्षणमा २ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो । आज २ जना संक्रमितको मृत्यु भएको छ।

यस्तै ५०१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयको विवरणअनुसार हाल देशभर ५ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमा ४ जना संक्रमित भेन्टिलेटरमा ६१ जना आइसियुमा उपचार गराइरहेका छन् भने २०६ जना संस्थागत आइसोलेसनमा र ५ हजार २२८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

मिटरब्याजी सुदखोरविरुद्ध उजुरी दर्ता गराउन पीडितलाई गृहको अनुरोध
गृह मन्त्रालयले मिटरब्याज सुदखोर विरुद्ध उजुरी दर्ता गराउन पीडितहरुलाई अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गरी एकसाताभित्र यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गराउन भनेको छ। हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि कार्यदल गठन गरेको थियो ।

सो कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले देशैभर मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भन्दै मन्त्रालयले मिटरब्याज पीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध प्रमाणसहित उजुरी दर्ता गर्न अनुरोध गरेका छन् ।

 बागमती नदीमा  हाम फालेकी एक महिलाको उद्धार
काठमाडौँको थापथली पुलबाट बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । शनिबार अपराह्न चार बजे ती महिला नदीमा हाम फालेकी थिइन्।

उद्धारपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको कुपण्डोल प्रहरी चौकीका जवान अनिल चौधरीले जानकारी दिए । उनी घाइते अवस्थामा रहेको चौधरीले बताए ।

ती महिला को हुन् र किन हाम फालिन् भन्ने खुलिनसकेको उनले बताए। यसै बिच काठमाडौंको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

अडियाे सुन्नुहाेस् :

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : १७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका