बर्नेमाउथविरुद्ध म्यानचेस्टर सिटीको फराकिलो जित « Khabarhub

बर्नेमाउथविरुद्ध म्यानचेस्टर सिटीको फराकिलो जित


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलाे जित निकालेको छ ।शनिबार भएको खेलमा सिटीले बर्नेमाउथलाई ४– ० गोल अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले १ १ गोल गरे। बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे।

खेलको १९ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। ३१औं मिनेटमा ब्रुएनले गोल गर्दै अग्रता दोब्बर बनाए। ३७ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता ३–० मा पुर्‍याए।

७९ औं मिनेटमा लेर्माले आत्मघाती गोल गरेपछि सिटीले ४-० को जित निकाल्यो।

जितसँगै सिटीले २ खेलमा ६ अंक जोडेको छ। सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।बर्नेमाउथको यो पहिलो हार हो। बर्नेमाउथले २ खेलमा ३ अंक जोडेको छ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १० : २७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको