देशलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन « Khabarhub

देशलाई कांग्रेस र कम्युनिस्टको चक्रव्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टको चक्रव्युबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र कम्युनिष्टका कारण मुलुक बबार्दीतर्फ गईरहेको भन्दै उनीहरुको चक्रव्युबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका हुन ।

‘आउने निर्वाचनलाई सामान्य, नियमित प्रक्रिया मात्रै नसम्झौँ । आउने निर्वाचनलाई नेपाली जनता, जो तीन दशकदेखि कांग्रेस, कम्युनिस्टको चक्रव्यूहमा फसेका छन् । देश यिनीहरूको चक्रव्यूहमा फसेको छ, त्यसबाट निकाल्ने अवसरको रुपमा यसलाई सदुपयोग गर्नुपर्दछ’ उनले भने ।

उनले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नेपाली जनताले एउटा महत्त्वपूर्ण अवसरको रुपमा लिनुपर्ने जिकिर गरे । राप्रपा पार्टी बलियो रुपमा स्थापित हुन सके कांग्रेस र कम्युनिस्टलाई राजा र हिन्दुराष्ट्रको पक्षमा ल्याउन सकिने उनको बुझाइ छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १० : ४३ बजे

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य