सांस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यम : पर्यटनमन्त्री श्रेष्ठ « Khabarhub

सांस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यम : पर्यटनमन्त्री श्रेष्ठ


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पदा र संस्कृति देशको पहिचान भएकाले यिनको संरक्षण र प्रवद्र्धन गर्नु पर्ने बताएका छन् ।

गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले बौद्ध स्तूप परिसरमा आयोजना गरेको गाईजात्रा तथा रोपाइँजात्रा समारोह एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालका सांस्कृतिक पर्व र जात्रा विदेशी पर्यटक आकर्षण गर्ने माध्यम भएकाले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएकाले यहाँको कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नसके अन्तर्राष्ट्रिय पहिचान प्रवद्र्धनमा टेवा पुग्ने बताए।

पर्यटनमन्त्री श्रेष्ठले पर्यटनको माध्यमबाटै मुलुकमा समृद्धि प्राप्त हुने भन्दै पर्यटन विकासका लागि नेचर, कल्चर र एडभेन्चरलाई संयोजन गरेर प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने क्षेत्र पर्यटन नै हो त्यसैले समृद्धि हासिलका लागि पर्यटनको विकास हुनुपर्छ, पर्यटनको माध्यमबाट नेपाललाई विश्वको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ ।’

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १० : ५७ बजे

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न