साहित्य, सङ्गीत र कलाबिना मुलुक पूर्ण हुन सक्दैन : प्रधानमन्त्री « Khabarhub

साहित्य, सङ्गीत र कलाबिना मुलुक पूर्ण हुन सक्दैन : प्रधानमन्त्री


२८ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, सङ्गीत, कला मुलुकको अमूल्य गहना भएको बताएका छन् ।

पूर्वराजदूत प्रतिभा राणाको नेपाली कविता सङ्ग्रह ‘गहिराइ’ र अङ्ग्रेजी कृति ‘कर्टेन अफ माया’ को विमोचन समरोहमा प्रधानमन्त्री देउवाले साहित्य, सङ्गीत र कलाबिना समाज र देश पूर्ण हुन नसक्ने बताए ।

त्यसैले ती क्षेत्रको विकासका लागि विभिन्न प्रतिष्ठान स्थापना गरी सरकारले विभिन्न कामहरु अघि बढाएको उनले जानकारी दिए। प्रधानमन्त्री देउवाले नेपाली भाषा, साहित्य, वाङ्मय हिजोको तुलनामा समृद्ध हुँदै गएको स्मरण गरे ।

‘कथा, कविता, उपन्यास, नियात्रा, समालोचनालगायत सबै विधामा नेपाली भाषाका उत्कृष्ट सिर्जना हुन थालको छ’, प्रधानमन्त्री देउवाले भने, ‘नेपाली साहित्यलाई थप परिस्कृत र परिमार्जित गर्दै विश्व साहित्यसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउनु आवश्यक छ ।’

उनले नेपाली साहित्यको विकासमा लाग्न साहित्यकारलाई आग्रह पनि गरे ।असल साहित्यले मानिसलाई भित्रबाटै अभिप्रेरित गर्ने, मानिसको सोचाइलाई फराकिलो र जीवनलाई अर्थपूर्ण बनाउन सहयोग पु¥याउने उनले उल्लेख गरे ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ११ : ०६ बजे

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य