हिँड्दाहिँड्दै नालीमा खस्ने त्रास « Khabarhub

हिँड्दाहिँड्दै नालीमा खस्ने त्रास


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेलबजार ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा आवत-जावत गर्न जोखिम भएको छ। दिक्तेलको मानव अधिकारचोक (जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय)देखि त्रिबेणीचोकसम्मको बजार सडक ढलानका क्रममा पुरानो बेसक्याम्पदेखि बैंक अफ काठ्माडौंको बिचमा ड्रेन कभर हाल्न ढिलाइ हुँदा स्थानीयलाई आवत–जावत गर्न सकस भएको हो।

निर्माण कम्पनी सुर्य विकास जेभी लहानले सडक ढलानका क्रममा ड्रेन कभर नहाली छाड्दा आवत–जावत गर्ने स्थानीय जोखिममा परेका छन्। आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ लालीका नावालक बोकेका बालिका नालीमा खसेका छन्।

नालीमा खस्ला दुधे बालकको टाउँको ठोक्किएको छ। नालीको ढकनी तत्काल राख्न आग्रह गर्दा निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयले बताएका छन्।

बजार सडक ढलानका क्रममा ठाउँ–ठाउँमा नालीको चार कुने प्वाल बनाइएको छ। नालीको प्वाल ढाक्ने ढकनी नहुँदा बजारमा ओदोहोर–दोहोर गर्ने कतिपय गाडी र बाईक असुरक्षित यात्रा गरिरहेका छन्।

मोबाइल चलाउँदै हिँड्ने तथा नालीको ख्याल नगरी हिँड्ने स्थानीय खाल्डोमा खस्ने गरेका छन्। गत १५ मंसिरमा एक वृद्ध, १४ मंसिरमा आमासँगै हिँडिरहेका बच्चा र २६ कात्तिकमा एक विद्यार्थी नालीमा खसेका थिए।

विशेषगरी सडक किनारामा घर भएका बालबच्चा तथा विद्यालयबाट ओहोर–दोहोर गर्ने विद्यार्थी नालीमा खस्दा चोटपटक लाग्ने गरेको स्थानीय व्यवसायी शरन विश्वकर्माले बताए।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ५३ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय