सम्झनामा बाल्यकालकी एलिजाबेथ | Khabarhub Khabarhub

सम्झनामा बाल्यकालकी एलिजाबेथ

ठूलोबुवाको प्रेम कहानीले बनायो महारानी


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

बेलायतको राज परिवारमा जन्मँदा एलिजाबेथ महारानी हुने सम्भावना नै देखिँदैन थियो । उनका बाबु राजा जर्जका दोस्रो सन्तान थिए । जसले गर्दा उनी महारानी हुने सम्भावना देखिँदैन थियो । अस्वाभाविक रूपमा उनका ठूलो बुवाले सिंहासन त्यागेपछि उनका लागि रानी हुने बाटो खुलेको हो ।

संयोग मान्नुपर्छ राजपरिवारकी सन्तान मध्य उनी भने दरबारमा जन्मिएकी होइनन् । तिनी हाउस अफ माई फेयरमा जन्मिएकी थिइन् । त्यस स्थानमा अहिले ‘क्यान्टोनीज’ रेस्टुरेन्ट छ । उनी जन्मँदा उनका बाबु अधिराजकुमार मात्र थिए । तर, उनी १० वर्षकी हुँदा बाबु राजा भएका हुन् ।

एलिजाबेथ र उनकी बहिनी मार्गरेटले आफ्नो हजुरबालाई ‘ग्रान्ड पा’ नै भन्ने गरेका थिए । बमिङघम दरबारमा उनीहरू पहिलो पटक हजुरबा राजा जर्ज भिसँग सन् १९३५ मा गएका थिए।

एलिजाबेथका ठूलाबाले सम्बन्ध विच्छेद भएर बसेकी एक अमेरिकी महिलासँग विवाह गर्नका लागि अप्रत्याशित सिंहासन त्यागेका कारण एलिजाबेथका बाबु सन् १९३७ मा राजा भएका हुन् ।
दरबारकी राजकुमारी भएपछि एलिजाबेथको बाह्य सम्पर्क कम हुन थाल्यो । उनले दरबारमा नै रहेर संवैधानिक इतिहासलगायत विषयमा अध्ययन गर्न थालिन् ।

सन् १९४० मा दोस्रो विश्व युद्ध सुरु भइसकको थियो । त्यसै समयमा रानी एलिजाबेथले कमनवेल्थका बच्चाको तर्फबाट पहिलो मन्तव्य दिएकी थिइन् । उनी र उनकी बहिनी मार्गरेटले धेरै टाढा रहेका बच्चामा यो सन्देश पुग्ने अपेक्षा गरेका थिए । ‘जब शान्ति आउँछ त्यो हाम्रा लागि हुनेछ । आजका बच्चाले नै भोलिको सुन्दर भविष्य बनाउने हो । आशा गरौँ शान्त र सुन्दर भविष्य आउने छ’, त्यस समयमा उनको सन्देश थियो ।

सन् १९४५ मा एलिजाबेथ पनि सैन्य दस्तामा सामेल भएकी थिइन्। दोस्रो विश्व युद्धमा गठित एक्जुलरी टेरिटरीयल सर्भिसमा आबद्ध हुँदै उनले सेनाको ट्रक चलाएकी थिइन् ।

युद्ध सकिएको दुई वर्षपछि सन् १९४७ मा एलिजाबेथले लेफ्टिनेन्ट फिलिप माउन्ट ब्याटनसँग विवाह गरेकी थिइन् । अन्य दुलहीले जस्तै विशेष पहिरनमा सजिएकी उनको विवाहको दृश्यलाई संसार भर प्रशारण गरिएको थियो ।

सन् १९४८ मा चार्ल्सको जन्म भएको थियो । एलिजाबेथ र फिलिप मिलेर थप तीन सन्तानको जन्म दिएका थिए । एनी, एन्ड्रयु र एडवार्ड त्यसपछि जन्मिएका हुन् । एउटै घरमा सात नाती नातीना तथा १२ पनाति पनातीमी त्यस राज खानदानमा हुर्किएका थिए ।
सन् १९५२ मा बाबुको मृत्यु भएपछि एलिजाबेथ द्वितीयको रूपमा बेलायतले नयाँ महारानी पाएको थियो ।

एलिजाबेथको मृत्युका समाचार संसार भर छाएका छन् । बेलायतमा यो साता एक अभिभावक गुमाएको महसुस भएको छ । ७० वर्ष लामो एलिजाबेथ सत्ताको आधार तयार गर्ने घटना भने उनको ठूलोबुवाको प्रेम कहानी नै थियो । जसले बेलायतको राज संस्थाको चेनलाई अर्को दिसामा लगेको थियो ।

एडवार्ड तृतीयको अमेरिकी महिला वालिस सिम्पसनसँग प्रेम सम्बन्ध थियो । तत्कालीन समयमा चर्च अफ इङ्गल्यान्डले पहिले कसैको श्रीमती भएकी तथा डिभोर्स भएकी महिलासँग विवाह गर्न छुट राज खानदानलाई दिँदैन थियो । त्यस कारण उनले सामान्य नागरिकको रूपमा जीवन बिताएर राजगद्दी त्यागेका थिए ।

बेलायती राज खानदानमा त्यस चर्चमा विवाह गर्न अनिवार्य मानिएको छ । यो जोडी विवाहपछि पेरिसमा गएर बसेको थियो । त्यस समयमा १० वर्षको उमेरकी एलिजाबेथका बाबु जर्ज छैटौँ १९३६ मा राजा भए । त्यसको तीन वर्षपछि नै बेलायत र जर्मनीको युद्ध भएको थियो । एलिजाबेथका बाबु बमिङघम दरबारमा थिए भने उनी बहिनी मार्गरेटसँग विन्डसोर क्यासलमा रहेकी थिइन् ।

लिलिगेटको उपमा पाएकी एलिजाबेथ सानो छँदा उनका बाबु र आमा भिन्नै पनि बसेका थिए । सानो उमेरमै घरमा शिक्षक राखेर पढेकी एलिजाबेथलाई फ्रेन्च, गणित र इतिहास सानो हुँदा नै पढाइएको थियो । त्यसैगरी गायन र नृत्य पनि उनलाई बाल्यकालमै सिकाइएको थियो । सन् १९४२ देखि सार्वजनिक समारोहमा उपस्थित हुन थालेकी उनी बाबुको पारिवारिक भ्रमणको क्रममा बेलायत भरी बाल्यकालकै डुलेकी थिइन् ।

उनको हजुरबाको मृत्यु हुने बित्तिकै उनकी आमालाई रानी एलिजाबेथको रूपमा चिनिन थालेको हो । महारानी एलिजाबेथको बाबुको पनि मृत्यु भएपछि उनी एलिजाबेथ द्वितीय भइन् भने उनकी आमालाई ‘मदर एलिजाबेथ’ को रूपमा चिनिन थालियो ।

लन्डनको वेस्ट मिनिस्टर एवेमा २० नोभेम्बर १९४७ मा एलिजाबेथले टाढाको दाजु भाइ पर्ने फिलिप माउन्टब्याटनसँग विवाह गरेकी हुन् ।

१३ वर्षको हुँदा एलिजाबेथले ग्रिसका प्रिन्स एन्ड्रयुका छोरा फिलिपसँग पहिलो पटक भेटेकी थिइन् । केही समय पछि यी दुई एक आपसमा प्रेममा बाँधिएका थिए । एलिजाबेथ शान्त स्वभावका थिए भने फिलिप हठी स्वभावका थिए । साथै उनी बोली रहनु पर्ने स्वभावका पनि हुन् ।

राजा जर्जका लागि सुरुवाती दिनमा त्यो सम्बन्ध स्वीकार्न कठिन थियो । माउन्टब्याटन डेनिस र ग्रिस राज घरानासँग सम्बन्धित थिए । साथै उनी हल्का र कम आकर्षक थिए ।

यी दुई बीचको विवाह हुँदा बेलायत गृह युद्धको मारबाट भर्खरै बाहिर निस्केको थियो । यस कारण एलिजाबेथले विवाहमा सामान्य ढङ्गको पहिरनको जोहो गरेकी थिइन् । विवाहपछि धेरै विवादास्पद अभिव्यक्ति दिएका फिलिपको ९ अप्रिल २०२१ मा ९९ वर्षको उमेरमा मृत्यु भएको हो ।

यी दुईले सन्तान उत्पादनको कार्यमा पनि कुने ढिलाइ गरेनन् । यिनीहरूको विवाह भएको अर्को वर्षमा नै चार्ल्सको जन्म भएको हो । सन् १९६९ मा महारानीले चार्ल्सलाई बेलायतको युवराज घोषणा गरेकी हुन् । सो कार्यक्रम लाखौँले टेलिभिजनमा हेरेका थिए ।

सानोमा चकचके उनी हजुरआमाका लागि अत्यन्त प्यारो थिइन् । सन् १९२७ मा उनलाई छाडेर बाबु र आमा न्युजील्यान्ड र अस्ट्रेलिया भ्रमणमा गएका थिए । सो समयमा यिनको जिम्मा राजा जर्ज भी र रानी मेरीलाई लगाइएको थियो । मेरीले नातिनी एलिजाबेथको नाम ‘ज्वाइँ’ राखेकी थिइन् ।

सानोमा नातिनीले नै जर्ज भीको नामा ‘ग्रान्डपा इङ्गल्यान्ड’ राखेकी हुन् । त्यसको चार वर्षपछि एलिजाबेथको बहिनी मार्गरेटको जन्म भएपछि त्यो परिवारलाई पूर्ण सुखी परिवार ठानिएको हो ।

घर बाहिर धेरै सम्पर्क गर्न बन्देज भएकै कारण उनको जिन्दगी घर भित्र नै धेरै बितेको हो । घरमा बहिनीसँग खेलेर नै उनको धेरै समय बित्ने गरेको थियो । उनले घरमा नै तीन वर्षको उमेरमा पहिलो पटक घोडा चढेकी हुन् । उनले घर कम्पाउन्ड भित्र रहेर नै घोडा चढ्न राम्रोसँग जानेकी थिइन् । घर भित्रको ४० आर्कको क्षेत्रमा नै रमाउने , क्याम्प फायर गर्ने र सिक सिक्ने उनको दिनचर्या बनेको थियो ।

उनीहरूको हेर विचार गर्नका लागि मारियन क्राफ्युलाई निम्त्याइएको थियो । क्राफ्युले उनीहरूको हेरचाह गर्ने मात्र होइन धेरै कुरा पढाउने पनि गर्थे । क्राफय्का अनुसार एलिजाबेथले पढेको पहिलो पुस्तक ‘पिटर पान इज केनसिंगटन गाडेन्स’ हो । सन् १९३६ मा जब उनका बाबुले अकस्मात् सत्ता सम्हाले, एलिजाबेथ पनि भविष्यमा महारानी हुने निश्चित थियो ।

यस कारण उनका लागि धेरै कुरा सिक्न आवश्यक थियो । यस सिकाइका लागि इटन कलेजका प्राध्यापक सर हेन्री मार्टिनलाई दरबारमा ल्याइएको थियो । त्यहीँ उनले इतिहास , र भाषाका ज्ञानमा आफूलाई पोख्त बनाउँदै भावी रानीको रूपमा विकसित गरेकी थिइन् ।

बाल्यकालकी ती एलिजाबेथले ७० वर्ष लामो कीर्तिमानी शासनपछि चार्ल्स राजा भएका छन् । एलिजाबेथको जीवन, उनको बाल्यकाल र संस्कार भने सधैँ पठनीय हुनेछ । स्रोत : एन्गलोटपीया डटनेट, बीबीसी, बायोग्राफी डटकम

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : २९ बजे

चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक

अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै

श्रीलङ्कामा आज राष्ट्रपति निर्वाचन

काठमाडौं– श्रीलङ्कामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भइरहेको छ ।