‘गठबन्धनले बहुमत ल्याए कांग्रेस नेतृत्वमा सरकार’ | Khabarhub Khabarhub

‘गठबन्धनले बहुमत ल्याए कांग्रेस नेतृत्वमा सरकार’

‘यसअघि हामीले जितेको ठाउँ हाम्रा लागि सुरक्षित छ’


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

निर्वाचन नजिकिएसँगै दलहरू चुनावी तयारीमा जुटेका छन्। चुनावका लागि नेताहरू टिकटको दौडधुपमा लागेका छन्। तर, यस पटक चुनावको लागि निकै ठूलो दाउपेच चलिरहेको छ। पुराना नेताहरू दोहोरिने तयारीमा छन् भने नयाँ नेताहरू अवसरको खोजीमा छन्। यस बीचमा कतिपय अपेक्षा गरिएका पुराना नेताले समेत टिकट पाउने सम्भावना कम देखिएको छ।किन यस्तो समस्या देखियो भन्ने विषयमा नेपाली कांग्रेसका प्रभावशाली नेता अमरेशकुमार सिंहसँग खबरहबका लागि धिरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको नाम जिल्लाबाट किन जनप्रतिनिधिका लागि सिफारिसमा परेन ?
पार्टीमा चरम गुटबन्दी भएको कारणले यो भएको हो। यसअघि हामीले जस जसले जितेको ठाउँ छ त्यो सुरक्षित नै हुन्छ।

जिल्लाबाट सिफारिस नभएको नामलाई केन्द्रले कसरी समेट्न सक्छ ?
हाम्रो जिल्लाको सभापतिको पृष्टभूमी हेर्ने हो भने विशेष अदालतबाट सजाय पाएको मान्छे हुनुहुन्छ। भष्टाचारको आरोपमा उहाँको नाम सबैले सुनेका छन्। रुख कटान गरेको आरोपमा सजाय पाएर पनि उहाँ राजनीतिमा हुनुहुन्छ। उहाँ अहिलेको समयमा राजनीतिमा देखिनु विसङ्गती मात्र हो। अहिले नेपालमा सबै कुरा सही ढङ्गले भएको छैन। हरेक पार्टीमा विकृति छन्। जिल्लाले नदिए पनि म केन्द्रबाट सिफारिस लिएर जान्छु। जनताले रुचायो भने अवश्य सफल हुन्छु।

विगत पाँच वर्षको कार्यकालमा सर्लाहीको तपाईंको क्षेत्रमा के काम गर्नुभयो र जनताले फेरि जिताउने ?
त्यहाँको विकास र विद्यालयको व्यवस्थापनको सवाल सकारात्मक छ। राम्रो सडक निर्माण भएको छ र स्कुलहरू बनेका छन्। सीमा क्षेत्रमा नराम्रा कामहरू हुन नदिन कानुनलाई व्यवस्थापन गरेका छौँ। काठमाडौंबाट होइन मेरो मूल्यांकन त्यहाँका जनताले गरेका छन्।

अहिले गठबन्धनमा सिट बाँडफाँटको विषय निकै पेचिलो भएको छ यसले तपाईंहरूलाई असर गर्ला नि ?
मैले ठूलो समस्या देखेको छैन। यसअघि जुन ठाउँमा जुनजुन पार्टीले जितेका छन् त्यहाँ ती पार्टीलाई दिएर सिट बाँडफाँट गर्न सकिन्छ। तर, त्यो भएन भने सहमति हुन सक्दैन।

यो चुनाव नजिकिएसँगै देशी विदेशीको आवत–जावत बढेको छ। यसलाई तपार्इं कसरी हेर्नु हुन्छ ?
अन्तर्राष्ट्रिय व्यक्तिहरूले अहिले धेरै नै चासो देखाएका छन्। हामी जबसम्म आफ्नो खुट्टामा उभिन सक्दैनौं तबसम्म विदेशीहरूको चासो दिने कुरालाई रोक्न सकिँदैन।

तपाईंलाई गठबन्धन आवश्यक छ जस्तो लाग्छ ?
गठबन्धनको राजनीति बढेको छ। तर, गठबन्धन गरेर जाँदा पार्टीको संरचना कमजोर भएर जान्छ। गठबन्धन हामीले नगरे पनि अरूले गठबन्धन गरेर जान्छन्। नेपाली कांग्रेसको देशभरको प्रभाव, जनमत अनुसार गठबन्धन भयो भने पार्टीलाई घाटा हुँदैन।

कांग्रेसले मधेसमा कस्तो प्रभाव देख्नु हुन्छ ?
स्थानीय चुनावको नतिजालाई हेर्दा पनि सबै भन्दा बढी प्रभाव कांग्रेसको छ।

टिकट वितरणमा नेपाली कांगेसमा व्यापक दाउपेच चल्दो रहेछ, किन होला ?
हरेक पार्टीमा दाउपेच चल्छ। टिकट वितरणमा आर्थिक चलखेल हुन्छ भनिएको छ। तर, मलाई आधिकारिक रूपमा थाहा छैन।

नयाँ नेतालाई कहिलेबाट पार्टीमा अवसर दिनुहुन्छ ?
राजनीतिमा एउटा उमेरको सीमा हुनु पर्दछ। जस्तो सेनामा अन्यमा छ। त्यसरी नै राजनीतिमा पनि ६५ कटेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्छ। अथवा दुई पटक भन्दा बढी मन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्छ। यसो भयो भने बारम्बार एउटै प्रवृत्ति दोहोरिँदैन।

तपाईंहरूको पार्टी सभापति छैटौँ पटक प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ। के नयाँ नेता नभएरै हो ?
पार्टीमा उहाँको प्रभाव छ र नेतृत्व पनि छ। त्यसैले उहाँको नेतृत्व हुँदा हुँदै अरूलाई चान्स मिल्ला जस्तो मलाई लाग्दैन।

यदि गठबन्धनले भोलि बहुमत ल्याएको अवस्थामा कांग्रेसले नै सरकारको नेतृत्व गर्दछ वा माओवादीले ?
कांग्रेसको नेतृत्वमा नै सरकार बन्छ। गठबन्धन भित्रको ठूलो पार्टीको हिसाबले पनि नेतृत्व कांग्रेसले नै पाउनेमा म ढुक्क छु। अहिलेसम्म प्रचण्डले पनि विगतको कमी कमजोरीलाई स्वीकार गर्दै कांग्रेससँग गठबन्धन गर्नु भएको हो। ठूलो दललाई स्वीकार गर्न मााओवादी र अन्य दललाई कुनै समस्या हुँदैन जस्तो लाग्छ।

[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : ३० बजे

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा

कोहलपुर-सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु

काँक्रेविहार– कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा