लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ « Khabarhub

लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् । 

उनीहरूलाई २ थान नक्कली पेस्तोल र सोको ५ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका-३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाइल पसलमा सापकोटा सहित २ जनाले नक्कली पेस्तोल देखाई तीन थान मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ । 

उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १२ : ४१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन