बलिउडको लगानीमा फिल्म ‘सायरा’ बन्दै | Khabarhub Khabarhub

बलिउडको लगानीमा फिल्म ‘सायरा’ बन्दै


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म ‘सायरा’ को घोषणा भएको छ । मंगलबार होटल र्याडिसनमा आयोजित एक कार्यक्रमबीच घोषणा गरिएको ‘सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुष्कर झाको निर्माण रहनेछ । पुष्करसँग नेपाली ब्यानर डीबीआर मेडिया एन्ड मुभिज र आइविल प्रोडक्सन स्ष्ट्रेलियाको संयुक्त लगानी रहनेछ । 

भिलेज ब्वाई प्रोडक्सनमार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुष्करले नेपाली फिल्म बनाउन पाउँदा खुसी लागेको बताए । ‘नेपाली फिल्म बनाउने इच्छा थियो । अहिले यो सहकार्य हुँदा म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषामार्फत विश्व बजारमा लैजाने मसहित टिमको तयारी छ । हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौँ,’ पुष्करले भने । 

निर्देशक विशाल देसाईले नेप-इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए । ‘मलाई निर्देशकको रूपमा चयन गर्नु भएकोमा उत्साहित छु । हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्छौँ,’ उनले भने ।

फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्वीकारेर फिल्ममा जोडिएको भन्दै पुष्कर र विशाललाई धन्यवाद दिए । ‘नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा म ढुक्क छु । हामीले यसलाई हिन्दी भाषामा ओटीटीमार्फत नेपाली फिल्मको बजार विस्तार होस् भनेर रिलिज गर्न लागेका हौँ । हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौँ,’ रघुले भने ।

फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपालीलगायतका कलाकारहरूको अभिनय रहने छ । फिल्मको अन्य कलाकार तथा प्राविधिकको बारेमा छिट्टै जानकारी दिने प्रस्तुतकर्ता रघु परियारले बताए । फिल्मको आइडिया र टिमले गर्दा आफू जोडिएको आर्यनले बताए । ‘फिल्म कसरी बन्छ सँगै कसरी प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रस्ट छ । त्यसैले पनि काम गर्न उत्साहित छु,’ आर्यनले भने । 

डान्सिङ रियालिटी शो वुगी वुगी विजेता कविता नेपाली यसै फिल्ममार्फत डेब्यु गर्दैछिन् । उनले टिमले आफूलाई जोडिन मद्दत गरेको बताइन् । ‘म राम्रो डेब्युको खोजीमा थिएँ । भनेझैँ टिम पाउँदा डेब्यु गर्दैछु । भूमिका पनि सुहाउँदो छ,’ उनले भनिन् । दसैँ र तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।

यसमा कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन् । यसको कथा प्रस्तुतकर्ता रघु परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्सियल फिल्म निर्माण गर्न लागेको बताए ।

कार्यक्रममा उपस्थित हुन् नपाउँदा दुःख लागेको भिडियो सन्देश सुफिया सिद्दिकीले पठाएकी छन् । उनले नेपाली फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको बताइन् । ‘मैले बलिउड र हलिउडको केही फिल्ममा काम गरेकी छु । यसपटक नेपाली–इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ सुफियाले भिडियो सन्देशमा भनेकी छन् । 

 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ३ : ३० बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि