गाउँपालिकाद्वारा सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा « Khabarhub

गाउँपालिकाद्वारा सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाले सेवाग्राहीलाई घरदैलोबाट एकीकृत सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट मात्र प्रदान हुँदै आएको सेवालाई जनताको घरदैलोबाटै प्रदान गर्न लागिएको हो । 

भदौ २४ गतेको कार्यपालिकाको बैठकको निर्णयअनुसार एकीकृत घुम्ती शिविर सञ्चालन गरी जनतालाई घरदैलोबाट सेवा दिइने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । ‘सेवालाई जनताको घर आँगनमा पुर्‍याउन एकीकृत घुम्ती शिविरको आयोजना गर्न लागेका हौँ । शिविरबाट सेवाग्राहीलाई सबै प्रकारका सेवा प्रदान गरिनेछ’, अधिकारीले भने।

घुम्ती शिविरमै चालु आर्थिक वर्षका लागि सञ्चालन गरिने योजनाको सम्झौता पनि गरिनेछ । कृषि, पशु, स्वास्थ्य, घरनक्सा, पञ्जिकरण लगायतका सेवा शिविरबाट प्रदान गरिने गाउँपालिकाले जनाएको छ । 

घुम्ती शिविरबाट विषयगत शाखाअन्तर्गत योजना सम्झौता, सुझाव तथा परामर्श सेवा, स्वास्थ्य/आयुर्वेद शाखाअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधि वितरण, क्षयरोग स्क्रीनिङ, मधुमेह, पोषण सेवा, भिआइए स्क्रीनिङ, कोभिड विरुद्धको खोप प्रदान गरिनेछ ।

कृषि शाखाअन्तर्गत हिउँदे बालीको बीउ वितरण, विषादी वितरण, फर्म दर्तासम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदानसम्बन्धी जानकारी तथा माग संकलन, पशु सेवा शाखाअन्तर्गत गोवर परीक्षण एवं औषधि वितरण, प्रशासन शाखाअन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी प्रदान गरिनेछ ।

पञ्जीकरण शाखाअन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी सेवा, महिला तथा बालबालिका शाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र वितरण, घरनक्सा शाखाअन्तर्गत निःशुल्क घर नम्बर प्लेट वितरण गरिनेछ ।

एकीकृत घुम्ती शिविर असोज २ देखि ४ सम्म वडा नं.१ मा, असोज ५ र ६ गते वडा नं. २ मा, असोज ७ देखि ९ सम्म वडा नं. ३ मा, असोज ११ र १२ गते वडा नं. ४ मा, असोज २७ र २८ गते वडा नं. ६ मा र असोज ३० र ३१ गते वडा नं. ७ मा सञ्चालन हुनेछ ।

गाउँपालिकाको कार्यालयमै आएर लिनुपर्ने सेवालाई जनताको घरदैलोमा पुर्‍याउने उद्देश्यले जनताका घरआँगनबाटै सेवा प्रदान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । ‘सेवाग्राहीलाई एकदिन छुट्याएर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य हुन्छ’, उनले भने, ‘घर आँगनमै स्थानीय सरकार गएपछि जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराउन सकिन्छ ।’

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ३ : ४३ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम