अशान्त ककेशिया : अजरबैजान र अर्मेनियाका सैनिकबीच फेरि झडप « Khabarhub

अशान्त ककेशिया : अजरबैजान र अर्मेनियाका सैनिकबीच फेरि झडप


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ककेशिया पर्वतमालामा अवस्थित दुई मुलुकहरु अजरबैजान र अर्मेनियाका सैनिकबीच फेरि झडप भएको छ । नागोर्नो काराबाख क्षेत्रको सावैभौमिकताका विषयमा दशकौँ यता जारी तनाव साम्य नभइसकेको अवस्थामा दुई मुलुकका सैनिकबीच झडप भएको रुसी समाचार संस्थाहरुले जनाएका छन् ।

‘अजरबैजानी सशस्त्र बलका धेरै स्थानहरु, आवास क्षेत्र र सैनिक गढहरुमा अर्मेनियाली सैनिक दस्ताबाट मोर्टारसहित विभिन्न स्तरका हतियारले गोलाबारी भएको छ ।’ रुसको इन्टरफ्याक्स समाचार संस्थाले अजरबैजानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

‘परिणामस्वरुप मानवीय एवम् सैनिक पूर्वाधारमा क्षति पुगेको छ ।’

अजरबैजानी पक्षले अर्मेनियली सेनाले सोमबार राती सीमाक्षेत्रमा गुप्तचरी गतिविधि गरेको, हतियार तैनाथ गरेको र धराप थाप्ने काम गरेको आरोप लगाएको छ ।

यता अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अर्मेनियाली पक्षले भने ‘ठूलो स्तरमा अजरबैजानी पक्षले उत्तेजना बढाएको परिणामस्वरुप तीव्र गोली हानाहान जारी रहेको’ जनाएको छ ।

‘अर्मेनियाको सशस्त्र बलले सोही स्तरको प्रतिक्रिया थालेको छ ।’ अर्मेनियाको रक्षामन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अर्मेनिया सरकारले अजरबैजानसँगको तनाव साम्य पार्न रुस सरकार, सामूहिक सुरक्षा सन्धी संगठन र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई आह्वान गरेको इन्टरफ्याक्सले उल्लेख गरेको छ ।

यसका लागि अर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका साथै फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँ र अमेरिकी विदेशमन्त्री एन्थोली ब्लिन्केनसँग पनि वार्ता गरेको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केनले तत्काल तनाव अन्त्य गर्न आह्वान गरेका छन् ।

मुसलमान बहुल अजरबैजानको सार्वभौमिकतामा रहेको नागोर्नो काराबाख क्षेत्रमा ईसाइ धर्म मान्ने अर्मेनियालीहरुको बाहुल्यता रहेको छ ।

यही भूभागको सार्वभौमिकताको विषयलाई लिएर बेलाबेला दुई मुलुकबीच तनाव उत्पन्न हुने गरेको छ । यसअघि सन् २०२० मा यी दुई मुलुकबीच ठूलोस्तरमा युद्ध भएको थियो ।

नागोर्नो काराबाखको ठूलो भूभागमा अर्त्साख गणतन्त्र नामक अर्मेनियाली पृथकतावादीको शासन रहेको छ । यद्यपि यस गणतन्त्रलाई अन्तर्राष्ट्रिय मान्यता भने दिइएको छैन ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ०६ बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र