पाँचपोखरी थाङ्पाल गाउँपालिका : चौपायामा कृत्रिम गर्भधारणका लागि प्रयोगात्मक अभ्यास तालिम सञ्चालन « Khabarhub

पाँचपोखरी थाङ्पाल गाउँपालिका : चौपायामा कृत्रिम गर्भधारणका लागि प्रयोगात्मक अभ्यास तालिम सञ्चालन



सिन्धुपाल्चोक– पाँचपोखरी थाङ्पाल गाउँपालिका पशु सेवा शाखाले कृत्रिम गर्भधारणका लागि प्रयोगात्मक अभ्यास तालिम सञ्चालन गरेको छ । गाउँपालिका पशु सेवा शाखा र ८ वटै वडाका पशु प्राविधिकहरूको पहलमा प्रत्येक प्राविधिकबाट रु दुई हजार संकलन गरी १८ दिने प्रयोगात्मक अभ्यास तालिम सञ्चालन गरेका हुन् ।

भदौ १३ गतेबाट सुरु गरिएको अभ्यास भदौ ३१ गतेसम्म सञ्चालन हुने वडा नं ४ का पशु प्राविधिक फुन्चोक लामाले जानकारी दिए । स्थानीय गाईलाई प्रयोगात्मक अभ्यासका लागी प्रयोग गरिएको र उक्त गाईबाट नै परीक्षण गरिने लामाले बताए ।

गाउँपालिकाभित्रै कृत्रिम गर्भधारण सफल गराउनका लागी वडाका पशु प्राविधिकहरूलाई दक्ष बनाउन अभ्यास तालिम सञ्चालन  गरेको गाँउपालिकाकापशु सेवा शाखाका प्रमुख माईसिङ् थोकरले बताए ।

थोकरका अनुसार गाउँपालिका भित्रमा कृत्रिम गर्भधारण गराउनका लागि  लाइसेन्स प्राप्त दक्ष प्राविधिक दुई जना मात्र रहेकाले बाँकी प्राविधिकहरूलाई लाइसेन्स प्राप्त गराउन पहल गरिने पनि उल्लेख गरे। “विगत दुई वर्ष अगाडि देखि नै यो अभ्यास सञ्चालन गर्ने योजना थियो तर विश्वभर फैलिएको महामारी कोभिड-१९ का कारण बजेट फ्रिज भई कार्यान्वयन गर्न सकिएन । यस आर्थिक वर्षमा पशु सेवा विभाग केन्द्र बाट रु दुई लाख पचास हजार र गाउँपालिका बाट रु पचास हजार छुट्टाएको छ । उक्त बजेट ‘ए.आई तालिमका लागी खर्च गरिने छ” उनले भने।

त्यस्तै उन्नत जातका पशु उत्पादन, दुध, मासु उत्पादनका लागी कृत्रिम गर्भधारण निकै फलदायी हुने पशु प्राविधिक दीपेन्द्र दुलालले बताए ।साथै परम्परागत रूपमा पशुपालन गर्दै आएका किसानहरूलाई पशुपालन व्यवसाय गर्न सहज हुने र यस कार्य बाट गाउँपालिकाले पशु सेवा क्षेत्रमा एउटा नयाँ फड्को मार्ने विश्वास रहेको उनले जिकिर गरे । त्यस्तै उनले पशु सेवा शाखा अन्तर्गतबाट किसान लक्षित विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको पनि बताए।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ०४ बजे

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४