स्थानीय जातका गाई संरक्षण सुरु « Khabarhub

स्थानीय जातका गाई संरक्षण सुरु


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण सुरु गरिएको छ । स्थानीय जातको गाई लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो ।

विहादी गाउँपालिकाले पालिकाभित्रका छ वटै वडामा व्यावसायिक वा निर्वाहमुखीरुपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहसमेत गर्ने भएको छ । 

पर्वतमा पछिल्लो समय उन्नत जातका गाईपालन बढ्दै गएको छ । थोरै दूध दिने र गाईपालनको खर्चसमेत नउठ्ने भन्दै कृषक स्थानीय गाईपालन गर्न छाडेका छन् । पालिकाले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । कृषकलाई प्रोत्साहनसहित गाईपालनतर्फ आकर्षण बढाउन यस्तो अभियान थालिएको विहादी गाउँपालिकाका अध्यक्ष प्रविण गुरुङले जानकारी दिए । 

गाई अभावमा गाउमा विभिन्न हिन्दु संस्कारमा गाईको दस्तुर भन्दै नगद दक्षिणा राखेर उम्काउने गरिएको छ । यसले हिन्दु धर्म नै संकटमा पर्ने र बिन्दू धर्मावलम्बी नयाँपुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ । 

नगरपालिकाको यस कार्यक्रममा समावेश हुन गाई र गर्भधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधबाबु पौडेलले जानकारी दिए । 

पालिकाले न्यूनतम पाँच हजारभन्दा बढी प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यसअघि जिल्लाका सबैजसो पालिकाले गाईभैँसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम भने यसअघि नै सुरु गरेका थिए । 

भैँसी सुत्केरी भएपछि पाडापाडी तत्काल मासुका रुपमा उपभोग गर्ने प्रचलन बढेपछि सुत्केरी भत्ता दिएर पाडापाडी हुर्काउने र स्थानीय जानका लिमे पाराकोटे भैँसी संरक्षणका लागि उक्त कार्यक्रम लागू गरेका छन् । 

यस्तै पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि रु छ लाख रुपैयाँ विनियोजन गरेको छ । 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : ४७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको